Latest News

ठेकेदार स्थानीय चुनावमा उम्मेदवार हुन नपाउने कुरा सत्य हो ? निर्वाचन आयोगले दियो यस्तो प्रतिक्रिया

Nepalese Times April 5, 2022 (2 Year ago)    818 Views

काठमाडौं । स्थानीय चुनावमा ठेकेदारले उम्मेदवार हुन नपाउने विषय सबैजनामा लागू नहुने निर्वाचन आयोगले स्पष्ट गरेको छ ।

आँदो बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार हुन नपाउने निर्वाचन आयोगको आचारसंहितामा व्यवस्था गरेको समाचार बाहिरिएको थियो ।

त्यसबारे थप स्पष्ट पार्दै आयोगले यो विषय सबैजनामा लागू नहसने प्रतिक्रिया जनाएको हो । पत्रकार सम्मेलनमार्फत आयोगका आयुक्त रामप्रसाद भण्डारीले यो व्यवस्था सबै ठेकेदारका हकमा लागू नहुने जानकारी गराएका हुन् ।

उनले भने, केहीदिन अगाडि के समाचार आयो भने, ठेक्कापट्टामा लागेकोले निर्वाचनमा भाग लिन नपाउने । त्यो पनि सही समाचार होइन । कुरो चाँही के भने, त्यो पालिकामा ठेक्कापट्टामा संलग्न व्यक्तित्व जसको बेरुजुहरू पनि छन् भने, तत् तत् ठाउँमा चाहीँ उम्मेदवार हुन नपाउने हो ।’

त्यस पालिकामा उक्त उम्मेदवारका नाममा बेरुजु खडा छ, भने निर्वाचन ऐनले नै उम्मेदवारीका लागि आयोग्य हुने व्यवस्था रहेको आयुक्त भण्डारीले बताए । ‘त्यहीँ ठाउँमा उम्मेदवार हुन चाहेर भरे उनको उम्मेदवारी रद्द गर्नुपर्ने भयो भने त्यल्ले राम्रो सन्देश नदिने बताए ।

यस्तै नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका उम्मेदवारी टुंगो लगाउनेबारे नयाँ सर्कुलर जारी गरेको छ । स्थानीय तहको चुनावका लागि तत्काल उम्मेदवारको टुंगो नलगाउन मातहतका कार्य समितिहरुलाई कांग्रेसले सर्कुलर जारी गरेको हो ।

आसन्न निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन पार्टीका वडा, पालिका, क्षेत्रीय र जिल्ला कार्यसमितिहरूले छलफल अगाडि बढाइरहेका बेला कांग्रेसले यस्तो सर्कुलर गरेको हो।

कांग्रेस कञ्चनपुरका सचिव भीम भट्टका अनुसार कांग्रेस केन्द्रीय कार्यालय सानेपाले उम्मेदवार सिफारिससम्बन्धी कामहरु तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको हो ।

अहिलेसम्म जे जति काम भएको छ त्यसलाई अहिले होल्ड राख्न केन्द्रीय कार्यालयबाट टेलिफोनमा भनिएको उनको भनाइ छ । यसअघि उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मातहतलाई परिपत्र गरेर उम्मेदवार टुंग्याउने समयावधि तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस