Latest News

पल शाहलाई किन पठाइयो नवलपुर ? यस्तो छ कारण

Nepalese Times April 5, 2022 (2 Year ago)    698 Views

काठमाडौं । जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई नवलपुर पठाइएको छ । उनलाई मंगलबार बिहान नवलपुर पठाइएको हो ।

सोमबार नवलपुर जिल्ला अदालतबाट आएको थुनछेक बहस प्रयोजनको लागि उपस्थित गराइदिनु भन्ने पत्र अनुसार शाहलाई नवलपुर पठाइएको हो ।

नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले बताए ।

शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा गत चैत ३ गते मुद्दा दर्ता भइसकेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दाबी गर्दै शाहविरुद्ध नवलपुरमा मुद्दा दायर भएको थियो ।

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको गत चैत १० गतेको आदेशपछि शाह पुर्पक्षका लागि थुनामा छन् ।

कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।

नवलपरासी पूर्वको एक रिसोर्टमा २०७७ चैत ७ गते आफूमाथि बलात्कार भएको दाबी गर्दै किशोरीले जाहेरी दिएकी थिइन् । त्यसपछि शाहलाई गत फागुन २४ गते नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस