Latest News

माधव नेपालको निर्वाचन क्षेत्रका वडाध्यक्षसहित यति धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश

Nepalese Times April 5, 2022 (2 Year ago)    773 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको निर्वाचन क्षेत्रबाट वडाअध्यक्षसहितका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

कागेश्वरी मनहरा नगरपालिका– ७ का वडाध्यक्ष जीवन थापासहित ५० भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँल र मणिराम फुयाँलले पार्टीमा स्वागत गरेका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थापा एक कार्यक्रममार्फत उनी एमालेमा प्रवेश गरेका हुन् ।

यस्तै नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी सदस्य एवम् कागेश्वरी मनहरा– ९ का वडा सदस्य डोलनाथ पोखरेल पनि एमालेमा प्रवेश गरेका छन् ।

यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षमा निर्वाचित भएका उनी एमाले प्रवेश गरेका हुन् ।

२०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएकाका उनी नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको सदस्यसमेत हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा भएको कार्यक्रममा डल्लाकोटीलाई एमाले प्रवेश गराएका हुन् । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि एमाले फर्केका हुन् ।

यस्तै डल्लाकोटीको एमाले प्रवेशलाई धादिङमा आश्चर्यजनकरूपमा हेरिएको छ । डल्लाकोटी एमाले प्रवेशका लागि जिल्लाका नेताहरू डा। पुष्प कडेल, भूमि त्रिपाठीसहित बालकोट पुगेका थिए ।

धादिङका १२ स्थानीय तहमध्ये माओवादीले जितेको एकमात्र पालिका प्रमुख डल्लाकोटी थिए । डल्लाकोटी एमाले प्रवेशका लागि बालकोट पुगेकै बेला उनलाई माओवादी अध्यक्ष प्रचण्डले फोन गरेका थिए ।

प्रचण्डले उनलाई आफू मलेखु आउन लागेको र सँगै बसेर माछा खाने कुरा गरे । अध्यक्ष डल्लाकोटीले माछा खुवाउने तर अब राजनीतिक रूपमा भने अलग बाटो तय गरेको बताएपछि प्रचण्डले त्यसो नगर्न आग्रह गरेको प्रत्यक्षदर्शीले बताए ।

प्रचण्डले भने९ किन त्यसो गर्नुभएको हो रु अलिकति सल्लाह पनि नगरी यस्तो निर्णय त गर्नु भएन नि । हामी बसेर सल्लाह गरौं । तर, डल्लाकोटीले भने अब एमाले प्रवेश गरेको भन्दै प्रचण्डसँगको संवाद टुंग्याए ।

प्रतिक्रिया दिनुहोस