Latest News

सकियो सत्ता गठबन्धन बैठक, के-के गर्यो निर्णय ?

Nepalese Times April 5, 2022 (2 Year ago)    2063 Views

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेलका लागि तयारी तथा अनुगमन समिति गठन गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो।

समितिमा पाँचै दलबाट सदस्यहरु पठाउने दलहरुबीच सहमति भएको छ। बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले मंगलबार नै दलहरुले नाम दिने जानकारी दिइन्। उनकाअनुसार तयारी तथा अनुगमन समितिको बैठक बुधबार बस्ने छ।

बैठकले तल्लो तहबाट आएका प्रतिवेदनका आधारमा तालमेलको मोडालिटीबारे निर्णय गर्ने समझदारी बनेको पौडेलले बताइन्।

यस्तै बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले साझेदार दलहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणबारे ‘ब्रिफिङ’ गरेको जानकारी दिए।

उनले बैठकमा स्थानीत तह निर्वाचनको तयारीका बारेमा छलफल भएको पनि बताए। ‘स्थानीय निर्वाचन तयारी र पाँच दलबीच तालमेल गरेर कसरी अगाडि बढ्ने भन्ने बारेमा प्राविधिक विषयमा कुराकानी भयो,’ नेता खनालले भने।

उनले बैठकमा मुलुकको अर्थतन्त्रका बारेमा सरकारको ध्यानाकर्षण गराइएको पनि बताए। ‘अर्थतन्त्रको बारेमा सरकारले गम्भीरतापूर्वक लिनुप¥यो भन्ने बारे छलफल भयो,’ खनालले भने।

प्रतिक्रिया दिनुहोस