Latest News

एमालेले टुंगो लगायो मेयरको उम्मेदवार

Nepalese Times April 5, 2022 (2 Year ago)    2402 Views

ललितपुर – नेकपा एमालेले ललितपुर महानगरपालिकामा उठ्ने मेयरको उम्मेदवारको टुंगो लगाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३ सयको झीनो मतान्तरले पराजित भएका एमाले केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार यसपटक पनि उम्मेदवार बन्ने भएका छन्

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बनेका व्यञ्जनकारले योपटकको मेयर पदमा आफ्नो उम्मेदवारी अन्तिम पटक भएको घोषणासमेत गरेका छन् । आफूले गएको निर्वाचनमा प्रतिबद्धता जनाएअनुसार कार्ययोजना बनाएर अघि बढ्ने बताए ।

‘पहिलो त हामीले विगतमा विभिन्न पार्टीमा गएकालाई एमालेमा ल्याउने अभियान चलाएका छौं । त्यसपछि उहाँहरुकै साथ र सहयोगमा निर्वाचनमा जित्ने प्रण गरेका छौं ।’ मेयरका उम्मेदवार ब्यञ्जनकारले भने ।

उनका अनुसार ललितपुर महानगरपालिकामा नेकपा एमाले प्रवेश गर्नेहरुमा सबैभन्दा बढी संख्या वडा नं ९ मा छ । त्यस वडाबाट ५सयभन्दा बढी प्रवेश गरेका छन् । यसै गरी, वडा नं १ मा करिब ५५ जना, वडा २ मा ५० जना, वडा ३ मा ७० जना, वडा ४ मा ३ दर्जन, वडा ५ मा करिब ४० जना, वडा ६ मा १ सय जनाभन्दा बढी एमाले प्रवेश गरेका पार्टी अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिए ।

‘पार्टीमा प्रवेश गरेको आँकडा हेर्दा महानगरमा एमालेका सबै जनप्रतिनिधिको जित सुनिश्चित भइसकेको छ ।’ उनले भने ।

त्यस्तै, वडा नं. ७ मा करिब १ सय ५० जना, वडा ८ मा २ सय ५० जना, वडा १० मा ६५ जना, वडा ११ मा २ सय ५० जनाभन्दा बढी, वडा १२ मा २ सय जना, वडा १३ मा १ सय, वडा १४ मा ३ सयभन्दा बढी पार्टी प्रवेश गरेका छन् ।

वडा १५ मा २ सय ५० जना, वडा १६ मा ९० जना, वडा १७ मा २ सय जनाभन्दा बढी एमाले प्रवेश गरिसकेका छन् ।महानगरकै वडा नं १८ मा १ सय २० जना, वडा १९ मा ३ सय ५० जना, वडा २० मा १ सय १० जना, वडा २१ मा १ सय ५० जना, वडा २२ मा ६० जना, २३ र २४ गरी १ सय ३० जना, वडा २५ मा ५ दर्जन, वडा २६ मा ५५ जना, वडा २७ मा ४० जना, वडा २८ मा ५० जना र वडा २९ मा ५० जनाभन्दा बढी प्रवेश गरिसकेका छन् ।

२९ वटा वडा रहेको महानगरपालिकामा अन्य पार्टीमा आबद्ध नेता, कार्यकर्ता र शुभचिन्तकहरु एमाले प्रवेश गर्न तयारी रहेको ललितपुर एमाले अध्यक्ष अचार्यको दाबी छ । गत २०७४ सालमा भएको स्थानीय निर्वाचनमा आफूले भोग्नुपरेको पराजयले महानगरभित्र बेथिति मौलाएको उनको तर्क छ।

प्रतिक्रिया दिनुहोस