Latest News

निर्वाचन आयोगले बोलायो राजनीतिक दल, यी बिषयमा हुँदैछ छलफल

Nepalese Times April 5, 2022 (1 Year ago)    512 Views

काठमाडौँ – निर्वाचन आयोगले आज स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग छलफल गर्दै छ ।

बिहान साढे ११ बजे छलफल हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ ।

 यसपटक ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुँदै छ । तर, आचारसंहिता भने लागु भइसकेको छैन ।

उम्मेद्वार बन्नुअघि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचार संहिताविरुद्धको रिट परेको छ । यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

यद्यपि, सुझावका आधारमा प्रतिबद्धता पत्र तयार गरी सबै राजनीतिक दलका शीर्ष नेताबाट हस्ताक्षर गराउने आयोगले तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस