Latest News

महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने लालबाबु पण्डितको घोषणा

Nepalese Times April 4, 2022 (2 Year ago)    934 Views

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी तयारी गरेका छन् ।

उनी अहिले स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै मोरङ जिल्लामा निर्वाचन केन्द्रित गतिविधिमा व्यस्त छन् । उनका गतिविधिपछि धेरैले आगामी स्थानीय निर्वाचनमा विराटनगर महानगरको मेयरमा एमालेका तर्फबाट पण्डितले उम्मेदवारी दिन सक्ने अर्थका रूपमा हेरेका छन् ।

विशेष अवस्थामा प्रदेशसभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई राजीनामा दिन लगाएर स्थानीय तहमा उम्मेदवार बनाउने एमालेको रणनीति भएकाले पनि पण्डितलाई अगामी निर्वाचनमा विराटनगर महानगरको मेयरको उम्मेदवारका रूपमा अघि सार्ने देखिएको छ ।
उनले भने, ‘जनताको बीचमा लोकप्रिय नेता उम्मेदवार भइदियोस् भन्ने चाहाना राख्नु स्वाभाविक नै हो । सँगसँगै सञ्चारमाध्यम र समाजका अगुवाहरूले व्यक्ति नै तोकेर फलानो भइदिए राम्रो भनेर भन्नु पनि अस्वाभाविक होइन ।’

विगतमा आफूले जिम्मेवारीमा रहँदा पारदर्शी र अनुशासित भएर काम गरेकाले पनि विराटनगरका जनता र मतदाताको माग आउनु स्वाभाविक भएको एमाले नेता पण्डितले बताए ।

यदि पण्डित तयार भएमा उनीलाई उम्मेदवार बनाउन पार्टी तयार भएको मोरङ एमालेका एक नेताले बताए । नेकपा एमालेले सांगठानिक रूपमा पालिका, वडा र टोलहरूमा समेत चुनावी गतिविधि र त्यसअन्तर्गतका अभियानलाई तीव्र बनाइरहेको र आफू पनि पनि त्यही अभियान अन्तर्गत जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएको पण्डितको भनाइ छ ।

निर्वाचनका लागि पार्टीले केन्द्र हुँदै वडा स्तरसम्म संयन्त्रहरू बनाएको र ती संयन्त्रहरूले उम्मेदवारहरू प्रस्ताव गर्छ, त्यसरी प्रस्ताव गर्दा सकेसम्म सर्वसम्मत उम्मेदवार लिएर आउँछ र यदि कुनै ठाउँमा सर्वसम्मत भएन भने अधिकारप्राप्त कमिटीले निर्णय गरेर मैदानमा उत्रने भन्दै उनले त्यसका लागि पनि पार्टी केन्द्रका तर्फबाट आफ्नो सक्रियता रहने बताए ।

स्थानीय निर्वाचनमा खास गरी महानगरहरूमा विभिन्न पार्टीका केन्द्रीय नेताहरूले नै उम्मेदवार बन्ने चाहाना राखेको देखिन्छ ।

चुनावको मुखमा र उम्मेदवारी चयनका बेलामा आआफ्नो पार्टीबाट सबभन्दा बढी जनताको बीचमा लोकप्रिय नेता उम्मेदवार भइदियोस् भन्ने चाहाना राख्नु स्वाभाविक नै हो । त्यस सँगसँगै सञ्चार माध्यम र समाजका अगुवाहरूले व्यक्ति नै तोकेर फलानो भइदिए राम्रो भनेर भन्नु पनि अस्वाभाविक होइन ।

तर, अहिले नै पार्टीका तर्फबाट कुनै पनि व्यक्तिलाई ‘म आफू उम्मेदवार हुँ’ भन्न छुट नदिएको भन्दै उनले कोही समर्थक, शुभचिन्तकहरूले छस्याक छुसुक भनिगयो भने अलग कुरा रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस