Latest News

काँग्रेस घोषणापत्र तयारी समिति गठन, को-को भए मनोनयन ? (सूचीसहित)

Nepalese Times April 4, 2022 (10 Month ago)    556 Views

नेपाली काँग्रेसको ‘स्थानीय तह निर्वाचन २०७९, घोषणापत्र तयारी समिति’ मा सदस्य मनोनित भएका छन् ।

काँग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा सोमबार सदस्य मनोनयन गरेका हुन् ।

फागुन ३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अनुसार देउवाले सदस्य मनोनयन गरेका हुन् ।

यस्तै नेपाली कांग्रेस बागमती प्रदेशले स्थानीय तह निर्वाचन प्रचार समिति गठन गरेको छ।

बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस प्रदेश कार्यसमितिका सदस्य तथा प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा ३७ सदस्यीय प्रचार समिति गठन गरेको कांग्रेस बागमती प्रदेश कार्यालयले जनाएको छ। प्रचार समितिको सदस्यहरुमा प्रदेशका सबै जिल्लाका नेताहरु समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस