Latest News

पाँच दलीय गठबन्धन केटाकेटीको दुई दिनको खेल हो : ओली

Nepalese Times April 4, 2022 (2 Year ago)    307 Views

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताएका छन् । प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाएका हुन् ।

‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुली कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्’ ओलीले भने ।

पाँच दलीय गठबन्धन भ्रमको खेती भएको उनको आरोप छ । ओलीले यो गठबन्धन अस्थायी भएको बताए। ‘स्थायी कुरा जनताको आदेश हो। जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनले देखाउँछ’, उनको भनाइ छ ।

त्यतिबेला विपक्षी गठबन्धन बनेकै कारण ओलीको सत्ता बहिर्गन सम्भव भएको थियो। सत्ताबाट बाहिरिएका ओलीले त्यसयता गठबन्धनप्रति आक्रोश पोख्ने गरेका छन्। आइतबारकै एक कार्यक्रममा उनले गठबन्धनलाई भयानक अपराध भनेका थिए।

प्रतिक्रिया दिनुहोस