Latest News

गठबन्धनको विरोध गर्ने कांग्रेसका नेताहरुलाई माधव नेपालले दिए कडा चेतावनी

Nepalese Times April 4, 2022 (2 Year ago)    997 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको विरोध गर्ने नेपाली कांग्रेसका नेतालाई एक्लै चुनाव लडेर देखाउन चुनौती दिएका छन् ।

विराटनगर विमानस्थलमा नेपालले गठबन्धनको विषयमा कांग्रेसभित्र दुई धार देखिएको भन्दलै विरोध गर्नेहरुलाई एक्लै चुनाव लडेर देखाउन तेतावनी लिएका हुन् ।

स्थानीय तहको चुनावमा गठबन्धन गरेर जाने कुरामा कांग्रेसभित्र प्रष्टसँग दुई धार देखिएको भन्दै उनले भने, ‘गठबन्धनको विपक्षमा रहेका कांग्रेसका सार्थीहरूलाई एक्लै चुनाव जितेर देखाउन म आग्रह गर्छु।”

चुनावमा राम्रो मान्छेले पनि हार्ने गरेको विगत रहेको भन्दै उनले एक्लै जित्ने दम्भमा गठबन्धनको विरोध नगर्न आग्रह गरे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउन पाँच दलीय गठबन्धन तालमेल गरेर जान लागेको भन्दै उनले ओली देश, लोकतन्त्र र संविधानका निम्ति घाँडो भएको बताए ।

ओली प्रगति र परिवर्तनका विरोधी शक्ति भएको भन्दै अध्यक्ष नेपालले वामपन्थीको खास्टो ओढेर अधिनायकवादका रूपमा उदय भएका ओलीलाई स्थानीय तहको चुनावबाटै परिवर्तनशील शक्तिले परास्त गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस