Latest News

माओवादीबाट पालिका अध्यक्ष जितेका डल्लाकोटी एमालेमा प्रवेश, लगत्तै प्रचण्डको टेलिफोन

Nepalese Times April 4, 2022 (2 Year ago)    1088 Views

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षमा निर्वाचित भएका उनी एमाले प्रवेश गरेका हुन् ।

२०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएकाका उनी नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको सदस्यसमेत हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा भएको कार्यक्रममा डल्लाकोटीलाई एमाले प्रवेश गराएका हुन् । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि एमाले फर्केका हुन् ।

यस्तै डल्लाकोटीको एमाले प्रवेशलाई धादिङमा आश्चर्यजनकरूपमा हेरिएको छ । डल्लाकोटी एमाले प्रवेशका लागि जिल्लाका नेताहरू डा. पुष्प कडेल, भूमि त्रिपाठीसहित बालकोट पुगेका थिए ।

धादिङका १२ स्थानीय तहमध्ये माओवादीले जितेको एकमात्र पालिका प्रमुख डल्लाकोटी थिए । डल्लाकोटी एमाले प्रवेशका लागि बालकोट पुगेकै बेला उनलाई माओवादी अध्यक्ष प्रचण्डले फोन गरेका थिए ।

प्रचण्डले उनलाई आफू मलेखु आउन लागेको र सँगै बसेर माछा खाने कुरा गरे । अध्यक्ष डल्लाकोटीले माछा खुवाउने तर अब राजनीतिक रूपमा भने अलग बाटो तय गरेको बताएपछि प्रचण्डले त्यसो नगर्न आग्रह गरेको प्रत्यक्षदर्शीले बताए ।

प्रचण्डले भने( किन त्यसो गर्नुभएको हो ? अलिकति सल्लाह पनि नगरी यस्तो निर्णय त गर्नु भएन नि । हामी बसेर सल्लाह गरौं । तर, डल्लाकोटीले भने अब एमाले प्रवेश गरेको भन्दै प्रचण्डसँगको संवाद टुंग्याए ।

प्रतिक्रिया दिनुहोस