Latest News

धार्मिक भ्रमणको बहानामा देउवाले ‘रअ’ प्रमुखलाई सुटुक्क भेटेको खुलासा, गोयलले किन दिए यस्तो सुझाव ?

Nepalese Times April 4, 2022 (2 Year ago)    1264 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्।

औपचारीक भ्रमण पुरा गर्नु अघि देउवा धार्मीक भ्रमणको बहानामा भारतीय गुप्तचर एजेन्सी रअ का प्रमुखलाई भेट्न बनारस गएको खुलासा भएको छ ।

बनारसमा भारतको गुप्तचर एजेन्सी रिसर्च एण्ड एनालिसिस विंग ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेका उनले आगामी स्थानिय तहको निर्वाचनका बारेमा कुराकानी गरेका छन्। उक्त भेटमा प्रधानमन्त्री पत्नी आरजू देउवा पनि सहभागी भएकी थिइन्।

रअ प्रमुख गोयलले स्थानीय तह निर्वाचनमा गर्ने भनिएको गठबन्धन नगर्न देउवालाई सुझाव दिएको बुझिएको छ । भारत कुनै पनि दलको स्पष्ट बहुमत नआवस भन्ने पक्षमा देखिएको छ ।

त्यसैलाई पुष्टि हुनेगरी गोयलले पनि देउवालाई गठबन्धन गरेर जाँदा लोकतान्त्रिक मूल्य मन्यता विपरित हुने बताएका थिए । उनले लोकतन्त्रको रक्षाका लागि दलहरु एक्ला एक्लै चुनावमा जानुपर्ने सुझाव दिएको स्रोतले जनाएको छ।

भारतले नेपालमा दलहरु एक्लाएक्लै चुनाबमा जाउन् र कुनै पनि दलको स्पष्ट बहुमत नआओस् भन्ने चाहेको कुरामा गोयलले पनि जोड दिएको बताइएको छ। जवाफमा देउवाले अघिल्लो निर्वाचनमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक हुन नदिन चुनावी तालमेल आवश्यक भएको बताएका थिए ।

उनले ओली र प्रचण्ड फेरी एक भए उनीहरुले एकछत्र राज गर्ने र लोकतन्त्र कमजोर हुने भएकाले ओलीलाई एक्ल्याउन र कम्युनिष्टलाई कमजोर बनाउन पनि गठबन्धन जरुरी रहेको भन्दै उनलाई फकाएका थिए ।

उनले गठबन्धन नभए यस पटक पनि कांग्रेस कमजोर हुने बताउँदै के भारतको चाहना फेरि ओली र प्रचण्ड मिलुन् भन्ने हो ? भन्दै प्रतिप्रश्न गरेका थिए। देउवाले चीन पनि बाम गठबन्धन होस भन्ने चाहेको भन्दै उनलाई मनाउन खोजेका थिए ।

देउवाले पाँच दलीय गठबन्धन भएमा ओली र प्रचण्ड मिल्न नपाउने र चीनको प्रयास विफल हुने भन्दै गोयललाई ‘कन्भिन्स’ गर्न खोजेका थिए। गोयलले भने पार्टी विभाजन हुने बेला प्रचण्ड र ओली एक अर्कालाई तल्लो स्तरको गाली गर्ने अवस्थामा पुगेर छुट्टिएकोले उनीहरु कुनै पनि हालतमा मिल्दैनन् भन्ने कुरामा देउवालाई सहमत गराउन खोजेका थिए।

यस्तै प्रधानमन्त्री देउवाले भारतमा सत्तापक्षका दलका नेता र प्रधानमन्त्री लगायत केही कुटनीतिक ब्यक्तित्वलाई भेट गरेका छन् । देउवाको भ्रमणमा यस अघि हुँदै आएको संयुक्त बक्तब्य पनि जारी भएन । नेपाल र भारतका तर्फवाट एक्ला एक्लै वक्तब्य जारी भएका थिए ।

दुई समकक्षी प्रधानमन्त्रीबीच भएको संयुक्त पत्रकार सम्मेलनमा पनि देउवाले दिएको अभिब्यक्तिलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समर्थन गरेनन् उनी मौन रहे । देउवाले दुई देशबिचको सिमा सम्बन्धी समस्या समाधानका लागि उच्च स्तरिय संयन्त्र बनाउने सहमति भएको बताए पनि मोदी भने मौन रहेका थिए ।

प्रतिक्रिया दिनुहोस