Latest News

मेयरकै अगाडि एमाले उपमेयरले कांग्रेस नेताको दाँत झार्छु भनेपछि… (विज्ञप्तिसहित)

Nepalese Times April 4, 2022 (2 Year ago)    918 Views

काठमाडौं । इलाममा एमालेबाट निर्वाचित भएकी गाउँपालिका उपाध्यक्षले नेपाली कांग्रेसका नेतामाथि दाँत झार्ने धक्की दिएकी छिन् ।

इलामको पाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राईले कांग्रेसका स्थानीय नेता कृष्णकुमार खड्कामाथि दाँत झार्ने धम्की दिएकी हुन् ।

पाकफोकथुम गाउँपालिकाका प्रमुख रामकुमार श्रेष्ठको निवासमा पार्टीको आन्तरिक विषयमा छलफल चलिरहेका बेला राईले खड्कालाई ‘तँ को होस्, तेरो दाँत झारिदिन्छु’ भन्दै धम्की दिएकी हुन् ।

जनप्रतिनिधिको कुर्सीमा बसेर प्रतिस्पर्धी दलका नेतामाथि गालीगलौज गर्दै दुव्र्यवहार गरेको भन्दै नेपाली कांग्रेस इलामले ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काले आइतबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा एवंं भत्सर्ना गर्दै दोषीलाई कानुनी कारबाहीमा ल्याउन माग गरेका छन् ।

अर्को दलका नेताहरूबीच छलफल भइरहँदा मेयरकै सामुन्ने ज्यान लिने धम्की दिनु राम्रो नभएको उनको भनाइ छ । जथाभावी गालीगलौज र दुव्र्यवहार गर्नेलाई कानुनी कारबाहीमा ल्याउन सकिएन भने चुनावका बेला नराम्रो सन्देश जाने खड्काले बताए ।

उनले घटनाका दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन पनि सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस