Latest News

कांग्रेस बागमतीद्वारा ३७ सदस्यीय निर्वाचन प्रचार समिति गठन, कुन जिल्ला बाट को-को परे ?

Nepalese Times April 4, 2022 (2 Year ago)    683 Views

काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेशले स्थानीय तह निर्वाचन प्रचार समिति गठन गरेको छ।

बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस प्रदेश कार्यसमितिका सदस्य तथा प्रवक्ता तिलकप्रसाद रुवालीको संयोजकत्वमा ३७ सदस्यीय प्रचार समिति गठन गरेको कांग्रेस बागमती प्रदेश कार्यालयले जनाएको छ।

प्रचार समितिको सदस्यहरुमा प्रदेशका सबै जिल्लाका नेताहरु समेटिएका छन्।

यस्तै सत्ता गठबन्धनको बागमती प्रदेश स्तरीय संयन्त्रको बैठक बसेको छ। आइतबार बसेको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलका सन्दर्भमा दुइ वटा निर्णय गरेको छ।

नेपाली कांग्रेस बागमती प्रदेश कार्यक्रम समितिका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकले गठबन्धनको केन्द्रीय संयन्त्रको निर्णय र निर्देशनबमोजिम आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्न बागमती प्रदेशका सबै जिल्लाले जिल्ला स्तरीय संयन्त्रको बैठक गरी पालिका स्तरीय संयन्त्रको बैठकले गरेको विश्लेषणका आधारमा वस्तुस्थिति विश्लेषणसहितको प्रतिवेदन चैत २३ गते ३ बजेभित्र पेस गर्न आआफ्ना दलका जिल्ला समितिलाई निर्देशन दिने निर्णय गरेकाे हाे।

यस्तै बागमती प्रदेशका ११९ वटै पालिकामा गठबन्धनमा सहभागी पाँच दलले गत (२०७४) चुनावमा पाएको मतको अवस्था र जितेका स्थानमा हाल जनमतको स्थिति अध्ययन गरी निष्कर्षमा पुग्ने निर्णय गरिएको गठबन्धनको बागमती प्रदेशस्तरीय संयन्त्रले विज्ञप्ति जारी गरी जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस