Latest News

सबै मन्त्रीले दिए राजीनामा

Nepalese Times April 4, 2022 (2 Year ago)    1086 Views

काठमाडौं) । श्रीलंकामा राष्ट्रपति गोटवाया राजापाक्षेको सरकारमा रहेका सबै मन्त्रीहरूले राजीनामा दिएका छन्। चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा राष्ट्रपति राजापाक्षेको सरकारमा सबै मन्त्रीले राजीनामा दिएका हुन् ।

संकटकाल घोषणा भएपछि लगाइएको कर्फ्यू र त्यसका बाबजुद् आइतबार भएका प्रदर्शनपछि आइतबार राति मन्त्रीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा बुझाएका भारतीय समाचार पत्र द हिन्दुले जनाएको छ ।

केही मन्त्रीले आफूले राजीनामा दिएको कुरा सामाजिक सञ्जालमा पनि उल्लेख गरेका छन्। राजीनामा दिनेहरूमा राजापाक्षे परिवारका तीन जना मन्त्री पनि छन्।

राजापाक्षे सरकारले श्रीलंकाको अर्थतन्त्रलाई राम्ररी चलाउन नसकेको भन्दै विपक्षी दल र प्रदर्शनकारीले नयाँ अन्तरिम सरकार बनाउनु पर्ने माग गरिरहेका छन्।

सबै मन्त्रीहरूले राजीनामा दिएपछि अब राष्ट्रपति गोटवायाले नयाँ अनुहारलाई मन्त्री बनाउने अपेक्षा गरिएको छ। मन्त्रीहरूले दिएको राजीनामाबारे प्रधानमन्त्री महिन्दाले सोमबार राष्ट्रपति गोटवायासँग छलफल गर्दैछन्।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति डा. आरिफ अल्वीले संसद विघटन गरेका छन् । राष्ट्रपति अल्वीले संसद भंग गर्ने प्रधानमन्त्री खानको सिफारिस स्वीकृत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति अल्वीले पाकिस्तान गणराज्यको संविधानको धारा ४८ (१) बमोजिम नेशनल एसेम्बली भंग गर्ने प्रधानमन्त्री इमरान खानको सिफारिस स्वीकृत गरेको सचिवालयले जनाएको छ । अब पाकिस्तानमा ९० दिनभित्र आम चुनाव हुनेछ । यसअघि प्रधानमन्त्री खानले राष्ट्रका नाममा सम्बोधन गर्दै संसद भंग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस