Latest News

माओवादी र एमालेबीच चुनावी तालमेल हुन लागेको हो ? एमाले उपाध्यक्ष पौडेलले दिए यस्तो प्रतिक्रिया

Nepalese Times April 3, 2022 (1 Year ago)    995 Views

काठमाडौं । केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी तालबेलबारे माओवादी केन्द्र र एमालेका दोस्रो तहका नेताहरुबीच कुराकानी भइरहेको खुलासा गरे ।

सम्मानजनक हैसियतमा पालिकाहरुमा भागबण्डा नभए एमालेसँग चुनावी तालमेल गर्नुपर्ने दबाब बढेको नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई सुनाए ।

के एमाले र माओवादीका नेताहरुबीच चुनावी तालमेलबारे कुराकानी भएकै हो त ? यसबारे एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिक्रिया दिएका छन् । उनले चुनावी तालमेलका लागि एमालेले प्रस्ताव गरेको माओवादी केन्द्रका नेताहरुको दाबीप्रति उआपत्ति जनाएका छन् । एमालेले एक्लै चुनाव लड्ने उनको दाबी छ ।

एमालेसित वार्ता छलफल भइरहेको छ भन्ने प्रचार गरेर माओवादीले अन्तै बार्गेनिङ गर्न खोजेको भन्दै उनले एमालेले माओवादीका नेता या कार्यकर्तासँग औपचारिक या अनौपचारिक रुपमा कुनै पनि प्रकारको छलफल नगरेको बताए ।

स्थानीय मात्र होइन, प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमालेले माओवादी केन्द्रसँग तालमेल नगर्ने भन्दै उनले एमाले एक्लैले चुनाव लड्ने बताए ।

एमालेले तालमेलका निम्ति कसैसँग कुनै प्रकारको औपचारिक या अनौपचारिक कुराकानी नगरेको भन्दै उनले यसपटकको चुनावमा एमाले एक्लै लड्ने र सानदार सफलता प्राप्त गर्ने बताए ।

अहिले विभिन्न राजनीतिक दलबाट कार्यकर्ता, सांसद, स्थानीय जनप्रतिनिधिहरुको नेकपा एमाले प्रवेशको असाधारण लहर चलेको भन्दै उनले आउने निर्वाचनमा ०७४ सालको स्थानीय निर्वाचन भन्दा गुणात्मक उचाइबाट सफलता हाँसिल गरिने बताए ।

एमालेले नेकपा माओवादी केन्द्रसँग चुनावमा तालमेल गर्ने प्रयोजनका लागि औपचारिक या अनौपचारिक रुपमा कुनै पनि तहमा सम्वाद नगरेको भन्दै उनले संवाद गर्नुपर्ने आवश्यकतासमेत नरहेको बताए ।

माओवादी केन्द्रका नेताहरुले नेकपाको शक्तिशाली सरकार गिराएर जुन प्रकारको कामकारबाही गरे यसबाट गठबन्धन निर्माण गर्नुका उदेश्य स्पष्ट रहेको उनले बताए ।

नेकपा एमाले स्वतन्त्र ढंगले विचार निर्माण गर्ने पार्टी भएको भन्दै उनले नेकपा एमाले आफ्ना बारेमा स्वतन्त्र ढंगले आफैं लिने र कुनै मित्र वा छिमेकी राट्रको सहयोग लिएर निर्णय गर्छौं भन्ने नभएको बताए ।

प्रतिक्रिया दिनुहोस