Latest News

एमाले र कमल थापाको पार्टीबीच एकता हुने, बन्यो वार्ता समिति

Nepalese Times April 3, 2022 (2 Year ago)    911 Views

काठमाडौं । एमाले र राप्रपा नेपालबीच तालमेल हुने भएको छ । तालमेलका लागि वार्ता समिति बनेको छ । एमालेको तर्फबाट देवेन्द्र दाहाल र राप्रपाको तर्फबाट महामन्त्री सुशील कुमार श्रेष्ठ नेतृत्वमा वार्ता समिति बनाइएको छ ।

चुनावी तालमेलका लागि एमाले अध्यक्ष केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सहमति भइसकेको महामन्त्री श्रेष्ठले बताए ।

आफ्नो पार्टी नयाँ भएको कारणले गर्दा देशव्यापीरुपमा उम्मेदवारी दिने अवस्था नरहेको उनको भनाइ छ । तर, विगत (राप्रपामा हुँदा) को निर्वाचनमा पार्टीको जनाधार भएको वडामा अहिले पनि राप्रपा नेपालको प्रभाव रहेको दाबी गर्दै उनले यस्ता स्थानीय तह तथा वडाहरूमा चुनावमा भाग लिने तथा तालमेल गर्नेगरी छलफल भइरहेको बताए ।

एमालेसँग हाम्रो एलाइन्स हुने र अध्यक्ष लेभलमा टुंगिसकेको उनले बताए । उनले ओली र कमल थापाबीच दुई–तीन राउण्ड कुराकानी भएर सहमति भइसकेको बताए ।

उनले थप विषयको टुंगो लगाउनका लागि वार्ता गर्न एमालेको तर्फबाट देवेन्द्र दाहाल र पार्टीको तर्फबाट आफूलाई जिम्मेवारी प्राप्त भएको श्रेष्ठले बताए ।

गत निर्वाचनमा पार्टीले ५९ वटा वडाहरू जितेको उल्लेख गर्दै ती स्थानमा पनि स्वाभाविक रुपमा पार्टीको दाबेदारी रहने बताए । यस्तै यसअघि राप्रपाले जितेका स्थानीय तहमा पनि दाबेदारी रहने उनको भनाइ छ ।

एमालेले राप्रपा र राप्रपा नेपालसँग तालमेलबारे सहमति गरेको खण्डमा दुई राप्रपालाई पनि मिलाउन पनि सकस गर्ने कतिपयको भनाइ छ । दुई पार्टीबीच सम्बन्ध राम्रो नरहेको र मत पनि विभाजित रहेकाले यस्तो अवस्था देखिएको हो ।

प्रतिक्रिया दिनुहोस