Latest News

एमालेका मेयरसहित पाँच वडा अध्यक्ष समाजवादीमा प्रवेश, माधव नेपालले गरे स्वागत

Nepalese Times April 3, 2022 (2 Year ago)    799 Views

नेकपा एमालेबाट निर्वाचित कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोक चन्दसहित ५ वटा वडाका अध्यक्षह नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

चन्दसहित ५ वटा वडाका अध्यक्षहरूलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका छन्।

एमाले विभाजन भएपछि पनि पार्टी नछाडेका चन्द कांग्रेस र माओवादीसहितको गठबन्धन बनेपछि समाजवादीतिर लागेका हुन्। एमालेमा रहँदा चुनाव जित्ने अवस्था नभएपछि चन्दले चुनावको मुखमा पार्टी फेरे समाजवादीमा प्रवेश गरेका हुन्।

उनी यसअघि पुसमा भएको एमाले जिल्ला अधिवेशनमा पराजित भएका थिए। उनी त्यसबेला एमाले जिल्ला सचिवमा उठेका थिए। तर उनी पल्लवराज भट्टसँग पराजित भएका थिए। माधव नेपाल एमालेमै चन्द उनीनिकट थिए।

एमाले छाडेर समाजवादी प्रवेश गर्नेमा नगरप्रमुख चन्द, वडा नम्बर ३ का अध्यक्ष तिलक ठकुल्ला, ४ नम्बरका भास्कर भट्ट, वडानम्बर ७ का वीरबहादुर डगौरा, वडा नम्बर ८ का दुर्गासिंह भण्डारी र वडा नम्बर १० नम्बरका अध्यक्ष केशव रावल छ।

यसअघि २०७४ को निर्वाचनमा बेदकोट नगरपालिकामा एमालेले ८ वटामा जित निकालेको थियो। १० वडा रहेको यहाँ ५ जना वडाअध्यक्ष समाजवादीमा प्रवेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस