Latest News

आजैबाट लागू हुनेगरी बढ्यो गाडी भाडा, कुन ठाउँमा जान कति लाग्छ ? हेर्नुस् (सूचीसहित)

Nepalese Times April 3, 2022 (2 Year ago)    515 Views

काठमाडौँ – सरकारले आजबाट लागू हुनेगरि सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा बढाएको छ ।

यातायात व्यवस्था विभागले आइतबार नै भाडादरको सूची सार्वजनिक गरेको छ । जसअनुसार एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडादर १३ र तराईमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर १५ प्रतिशतले बढेको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ भाडादर आइतबारबाटै लागू भएको जानकारी दिए । साथै अब इन्धनको मूल्य ५ प्रतशितभन्दा धेरैले घटबढ भएमा सो अनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन हुने भएको छ ।

विभागले स्वचालित भाडा प्रणाली लागू गर्न १३ वटा सूचकलाई आधार बनाइएको छ । ती सूचकमध्ये पेट्रोलियम पदार्थको मूल्य हिस्सा ३५ प्रतशित रहन्छ ।

कहाँ जान कति लाग्छ ? हेर्नुस् नयाँ भाडादरको सूची

प्रतिक्रिया दिनुहोस