Latest News

पाकिस्तानी प्रधानमन्त्रीले गरे संसद विघटनको प्रस्ताव

Nepalese Times April 3, 2022 (2 Year ago)    980 Views

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रपति समक्ष संसद्‍ विघटनको प्रस्ताव गरेका छन् । आइतबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले राष्ट्रपति अरिफ अल्भीलाई संसद्‍ विघटनको प्रस्ताव अघि सारेका हुन् ।

आइतबार उप सभामुख कासिम सुरीको अध्यक्षतामा बसेको संसद बैठकले खानविरुद्धको अविश्वासको प्रस्ताव असंवैधानिक रहेको भन्दै खारेज गरेको थियो । त्यसलगत्तै राष्ट्रको नाममा सम्बोधन गर्दै उनले जनताहरुलाई नयाँ चुनावको लागि तयारी गर्न पनि भनेका हुन् ।

सभामुखविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएपछि उपसभामुख सुरीले संसद्‍को अध्यक्षता गरेका हुन् । उनले अविश्वास प्रस्ताव पाकिस्तानको संविधानको धारा ५ सँग बाझिएको बताएका थिए । यद्यपि औपचारिक रुपमा संसद्‍ विघटन भने भइसकेको छैन ।

सभामुख असद वासेरविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रधानमन्त्री खानले राष्ट्रपति समक्ष संसद्‍ विघटनको प्रस्ताव गरेको डन न्युजले जनाएको छ । बीबीसीका अनुसार खानले संसद्‍ विघटन गरी नयाँ चुनावका लागि राष्ट्रपति समक्ष प्रस्ताव गरेका छन् ।

खानले विदेशी षड्यन्त्रमा सत्ता परिवर्तन गर्ने कोसिस भएको भन्दै आएका छन् । यसअघि उनले अमेरिकी सहयोगमा आफूलाई पदबाट हटाउने कोसिस भइरहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस