Latest News

माधव नेपालसहित १४ सांसदविरुद्धको आज हुने भनिएको सुनुवाइ के भयो ?

Nepalese Times April 3, 2022 (3 Year ago)    962 Views

काठमाडौं – माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् ।

यसअघि एमाले सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश दिएको भन्दै उनले त्यहीसँग सम्बन्धित मुद्दा भएकाले नबस्ने निर्णय गरेका हुन्।

उनले आफूले अन्तिरम आदेश जारी गर्दा एकीकृत समाजवादीलाई वैद्यता दिएको भन्दै वैधानिकता सम्बन्धीको मुद्दामा बस्न नमिल्ने बताएका हुन्। सर्वोच्चमा आइतबार गोलाप्रथाबाट उक्त मुद्दा न्यायाधीश अनिलकुमार सिन्हा र सुवेदीको जलासमा पेसी तोकिएको थियो।

मुद्दाको पेसी चढेपछि पूर्ण सुनुवाइ सार्न नेपाल पक्षबाट दिइएको निवेदन भने इजलासले अस्वीकार गरेको थियो। तर, न्यायाधीश सुवेदीले नै आफू बस्ने नमिल्ने भनेपिछ मुद्दाको सुनुवाइ अन्योल भएको छ।

यसअघि सर्वोच्चले अन्तिम सुनुवाइका लागि आजको मिति तोकेको थियो। यसअघि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले सो रिटलाई पूर्ण सुनुवाइमा लैजाने निर्णय गरेको थियो।

एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेका नेपालसहित १४ जना सांसद्को पद खारेजी तथा दल दर्ता अवैधानिक भएको दाबीसहित एमाले अध्यक्ष ओलीले सर्वोच्चमा २०७८ भदौ १७ गते रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस