Latest News

माधव नेपालसहितका १४ सांसदको मुद्दामा सर्वोच्च अदालतले लियो यस्तो निर्णय

Nepalese Times April 3, 2022 (2 Year ago)    595 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् ।

सांसद सोमप्रसाद पाण्डे संलग्न एक मुद्दामा आफूले आदेश गरेकाले अहिले उनीसमेत विपक्षी भएको रिटको सुनुवाइ गर्न नमिल्ने भनी न्यायाधीश सुवेदीले इजलासमा जानकारी गराएका स्रोतले बताएको छ ।

यस्तै निष्कासन गरेका १४ जना सांसद विरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ स्थगन गर्न निवेदन पेस भएको छ । कुनै एउटा पक्षले स्थगनको माग गर्दा सुनुवाइ रोकिन सक्छ ।

एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका १४ जना र लुम्बिनी प्रदेशका २ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले रिट दर्ता गरेका थिए । आजको फैसलापछि १४ सांसदको पद जाने वा कायम रहेको टुंगो लाग्नेछ ।

यी दुई विवाद जोडिएका मुद्दामा यसअघि नै सर्वोच्च अदालतबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश डा। कुमार चुडालको छुट्टाछुट्टै इजलासले अन्तरिम आदेश दिएको थिएन ।

प्रतिक्रिया दिनुहोस