Latest News

१४ जना सांसद विरुद्धको पूर्ण सुनुवाइ स्थगित गर्न नेपाल पक्षको निवेदन, अब के होला ?

Nepalese Times April 3, 2022 (2 Year ago)    712 Views

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निष्कासन गरेका १४ जना सांसद विरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ मिति तोकिएको थियो । तर, पुर्ण सुनुवाइ स्थगन गर्न निवेदन पेस भएको स्रोतले जनाएको छ ।

कुनै एउटा पक्षले स्थगनको माग गर्दा सुनुवाइ रोकिन सक्छ ।

न्यायाधीशहरु अनिल कुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको पुर्ण सुनुवाइ स्थगन गर्न एमालेले कारबाही गरेका १४ जना सांसदको तर्फबाट वकिलले निवेदन दिएका हुन् ।

एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका १४ जना र लुम्बिनी प्रदेशका २ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले रिट दर्ता गरेका थिए । आजको फैसलापछि १४ सांसदको पद जाने वा कायम रहेको टुंगो लाग्नेछ ।

यी दुई विवाद जोडिएका मुद्दामा यसअघि नै सर्वोच्च अदालतबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश डा. कुमार चुडालको छुट्टाछुट्टै इजलासले अन्तरिम आदेश दिएको थिएन ।

प्रतिक्रिया दिनुहोस