Latest News

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

Nepalese Times April 3, 2022 (11 Month ago)    470 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसदविरुद्ध परेको रिटमाथि आजदेखि सुनुवाई हुँदैछ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ओलजीले नेपालसहित १४ सांसदविरुद्ध दर्ता गरेको रिटमा सर्वोच्च अदालतले आजदेखि सुनुवाई गर्न लागेको हो ।

एमालेबाट अलग हुनुअघि नै नेपालसहितका १४ जना सांसदलाई दलबाट कारबाही गरेर पनि सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीको सूचना जारी नगरेको भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

एमालेले नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको प्रक्रियामाथि समेत प्रश्न उठाउँदै निर्वाचन आयोगविरुद्ध मुद्दा हालेको छ ।

एमालेले नेता झलनाथ खनालबाहेक १४ सांसदलाई कारबाहीको पत्र पठाएकोमा त्यसबारे सभामुखबाट कुनै निर्णय नगरी निर्वाचन आयोगले जबर्जस्ती अर्को दल दर्ता गरेको आरोप लगाएको छ । यही विषयलाई लिएर एमालेले लगातार प्रतिनिधिसभाको बैठक समेत अवरुद्ध गरेको थियो ।

अध्यक्ष नेपालसहित १४ सांसद विरुद्धको मुद्दा न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । अध्यक्ष नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

यसअघि फागुन २९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको संयुक्त इजलासले पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो। निवेदकले संवैधानिक तथा कानुनी प्रश्न उठाएको भन्दै छिटोछरितो निरुपण गर्ने गरी रुपमा पूर्ण सुनुवाइ गर्न आदेश दिइएको हाे।

प्रतिक्रिया दिनुहोस