Latest News

माधव नेपालसहित १४ जना सांसदविरुद्धको मुद्दामा आज सुनुवाइ, के होला फैसला ?

Nepalese Times April 3, 2022 (2 Year ago)    574 Views

काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसदविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिटमाथि सर्वोच्च अदालतले आइतबारदेखि सुनुवाइ गर्दैछ ।

एमालेले नेकपा (एकीकृत समाजवादी) दल दर्ताको प्रक्रियामाथि नै प्रश्न उठाएर निर्वाचन आयोगविरुद्ध समेत मुद्दा हालेको छ । साथै उसले झलनाथ खनाल बाहेकका १४ सांसदलाई कारवाहीको पत्र पठाएकोमा त्यसबारे सभामुखबाट कुनै निर्णय नगरी निर्वाचन आयोगले जबर्जस्ती अर्को दल दर्ता गरेको आरोप पनि लगाएको छ ।

एमालेबाट अलग हुनु अघि नै नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भनी ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । एमालेले यही एजेण्डालाई अघि सारेर प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो ।

यी दुई विवाद जोडिएका मुद्दामा यसअघि नै सर्वोच्च अदालतबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश डा. कुमार चुडालको छुट्टाछुट्टै इजलासले अन्तरिम आदेश दिएको थिएन ।

प्रतिक्रिया दिनुहोस