Latest News

पार्टीको निर्णय सबैले मान्नुपर्छ, चुनावी गठबन्धन गर्नुपर्छः महामन्त्री थापा

Nepalese Times April 3, 2022 (2 Year ago)    839 Views

काठमाडौं । लामो समयदेखि गठबन्धनको विरोध गर्दै आएका नेपाली कांग्रेसका नेता गगन थापाले अन्ततः पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । उनले पार्टीले आवश्यकताको आधारमा चुनावी गठबन्धन गर्ने निर्णय गरेकोले यो निर्णयलाई पार्टीका सबै नेता तथा कार्यकर्ताहरुले मान्नुपर्ने बताए ।

आउँदो चुनावमा तालमेलबारे पार्टीभित्र फरक मत राखे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै उनले यति देशभरका पालिकामा गठबन्धन गर्ने निर्णय छ भने त्यो मान्नैपर्ने बताए ।

सिन्धुपाल्चोकस्थित इन्द्रावती रङ्गशाला र गाउँपालिकाको प्रशासनिक भवन शनिबार उद्घाटन गर्दै थापाले चुनावी तालमेलबारे पार्टीमा निरन्तर छलफल भइरहेको र पार्टीले जे निर्णय गर्छ त्यो सबैले मान्नुपर्ने बताए ।

तालमेल गर्नेबारे पार्टीमा छलफल भइरहेको भन्दै उनले भने, ‘माओवादी र एमाले मिलाएर रातारात पार्टी उहाँले बनाउनुभएको होइन। हिजो प्रचण्ड र उहाँ एउटै जहाज चलाउन थाल्नुभएको होइन। त्यही कुरा उहाँले गर्दा सही अरुले गर्दा बेठिक हुने ?’

गठबन्धनले तल्लो तहसम्म परिपत्र गरेकाले तल्लो तहको निर्णयअनुसार केन्द्रले निर्णय गर्ने बताए। ‘गठबन्धनबारे पाटीले निर्णय गरेपछि हामीले परिपत्र गरेर छौँ। उहाँहरुले अब छलफल गर्नुपर्छ। अब तपाईले नै यहाँबाट मलेर जान्छौँ भने ठिक छ। हुँदैन भन्नुहुन्छ भने पनि ठिक छ। अन्तिम निर्णय तपाईंहरुले नै गर्ने हो’ उनले भनाइ छ।

यस्तै केही दिनअघि ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई वृद्धभत्ता लिन आउनुस्, भनेको भनाइप्रति महामन्त्री थापाले कटाक्ष गरेका छन् । उनले भने, ‘एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई ७० वर्ष नाघिसक्नुभयो। उज्यालोमा आउँदा अफ्ठ्यारो होला अँध्यारोमा अब वृद्ध भत्ता लिनु भन्नुभयो। अनि मैले पनि उहाँलाई अहिले मिर्गौला पीडितलाई सरकारले ५ हजार दिने व्यवस्था गरेको छ। तपाईं पनि लिन आउनुस् भन्न मिल्छ ? हामी त्यो स्तरमा जान मिल्छ ?’

महामन्त्री थापाले आगामी निर्वाचनमा ओलीलाई ५ वर्षका लागि पाएको अवसर किन दुरुपयोग गरेको ? भन्दै प्रश्नसमेत गरे । नेकपा सरकार हुँदा ओलीले ५ वर्ष सरकार चलाउने मौका पाउँदा किन विकास नगरेको पार्टी र संसद् किन तोडेको ? भनेर सोध्न सक्नुपर्ने भन्दै उनले त्यो सकेन भने नेता बलियो जनता कमजोर हुने बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल नै नगरेको भन्ने ओलीको भनाइप्रति पनि महामन्त्री थापाले जवाफ फर्काएका छन् । छलफलको लागि प्रधानमन्त्रीले फोन गर्दा बाहिर छु भ्याउँदिन भनेको भन्दै थापाले त्यही कुरा हिजो सार्वजनिक कार्यक्रममा सरासर झुट बोलेको बताए ।

प्रतिक्रिया दिनुहोस