Latest News

कुकुरले नवजात शिशुको श’व च्यापेर हिँडेको घटनाबारे सुर्खेत अस्पतालले दियो यस्तो जवाफ

Nepalese Times April 2, 2022 (11 Month ago)    491 Views

काठमाडौं । कर्णाली । प्रदेश अस्पताल सुर्खेतले अस्पताल परिसरमा कुकुरले नवजात शिशुको शव च्यापेर हिँडिरहेको घटनालाई अनुसन्धान गरी दोषीलाई कारबाही गर्न आग्रह गरेको छ ।

कुकुरले नवजात शिशुको शव च्यापेको फोटो आज बिहानैदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले घटनामा आफ्नो लापरबाही नभएको प्रस्टीकरण दिएको हो।

अस्पतालले दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई पत्राचार गरिसकेको जनाएको छ। कुकुरले शव च्यापेर हिँडिरहेको देख्नासाथ चिकित्सक तथा नर्सिङ अधिकृतलाई परिचालन गरी छानबिन सुरू गरेको अस्पतालका प्रवक्ता डा. विकास केसीले जानकारी दिए।

यस्तै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कुकुरले शिशु मुखमा च्यापेर डुलाएको विषयको छानबिन गर्न निर्देशन दिएका छन्। आज बिहान कर्णाली प्रदेश अस्पतालमा एक कुकुरले टाउकोबिनाको शिशुलाई मुखले च्यापेर अस्पताल परिसरमा डुलाइरहेको थियो।

सोही घटनाको छानबिनका लागि मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएका हुन्। हालसम्म पनि बच्चा कसको र कुकुरले कहाँबाट ल्यायो भन्ने केही पनि खुलेको छैन।

अस्पताल प्रशासन यस घटनाबारे मौन छ। कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले शनिबार परेर आफू बाहिर रहेको हुँदा घटनाबारे थाहा नपाएको उकेरालाई बताएका थिए।

प्रतिक्रिया दिनुहोस