Latest News

एमालेमै बस्ने मन थियो, तर अहिले कांग्रेससँग मिल्नैपर्ने अवस्थामा छौं : मन्त्री श्रेष्ठ

Nepalese Times April 2, 2022 (1 Year ago)    675 Views

तनहुँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले एमालेमै बस्ने मन हुँदाहुँदै बाध्यतावश समाजवादी पार्टी खोल्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

कांग्रेससँग गठबन्धन गरेर अघि बढ्नु आफूहरुको बाध्यता भएको भन्दै आफूहरुको मन त एमालेमै बस्ने रहेको बताए ।

शनिबार भिमादमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने, ‘हाम्रो रहर हैन् नेपाली कांग्रेससँग मिल्नु । हामी त नेकपा एमाले भएर बस्न चाहान्थ्यौँ । तर बस्न दिईएन् ।’

एमालेमा गरिएको फरक व्यवहारका कारण बाध्यतावश एमाले छाड्नु परेको भन्दै उनले जनताको जनादेशमाथि घात भएपछि एमाले छाडेको स्पष्ट पारे ।

अबको स्थानीय तहमा समाजवादीले आफुलाई विजयी गराएर विकास कसरी गर्ने सिकाउने दाबी गरे । ‘जनताको काम कसरी गर्ने हामी सिकाउछौँ’, उनले भने । अबको निर्वाचनपछि सरकारमा पुगेर राजा बनेकाहरु ढल्ने निश्चित रहेको उनको जिकिर छ । पार्टी नयाँ भए पनि पुराना नेता भएका कारण नअत्तालिन कार्यकर्तालाई उनको अनुरोध छ ।

यस्तै सहरी विकासमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले लोकतन्त्रलाई सही बाटोमा हिडाउँदै संविधान कार्यान्वयनका लागि वर्तमान गठबन्धन आवश्यक रहेको बताएकी छन।

नेकपा एकीकृत समाजवादीले आज धनकुटामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले नेपालमा संविधान कार्यान्वयनसँगै दिगो विकासको आवश्यकता रहेकाले त्यसलाई पूर्णता दिन आसन्न चुनावसम्म गठबन्धन आवश्यक रहेको बताइन।

वर्तमान गठबन्धन सरकारका दलहरूले साझा घोषणापत्रका साथ चुनावमा जानेसमेत कार्यक्रमका अवसरमा मन्त्री झाँक्रीले बताइन।

नेकपा ९एमालेमा आफूहरूको निकै ठूलो योगदान रहेको भए पनि नेतृत्वमा रहेका केही नेताहरूको मिचाहा प्रवृत्तिका कारण एमाले छाड्नुपरेको समेत कार्यक्रमका अवसरमा मन्त्री झाँक्रीले बताइन।

प्रतिक्रिया दिनुहोस