Latest News

नेपाल आयल निगमका कार्यकारी निर्देशक थानी कांग्रेसको निर्वाचन प्रचार प्रसार समितिमा

Nepalese Times April 2, 2022 (2 Year ago)    1134 Views

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी कांग्रेसको निर्वाचन प्रचार प्रसार समितिमा समेटिएका छन् ।

भारत भ्रमण जानुभन्दा पहिले विस्तार गरिएको निर्वाचन प्रचार प्रसार समितिमा प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले थानीसहित ६७ जनालाई मनोनित गरेका हुन् ।

मनोनयमा लिष्टको ६१ नम्बर परेका पदेन सदस्य उमेशप्रसाद थानी नेपाल आयाल निगमका कार्याकारी निर्देशन हुन्।

थानी सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपालको अध्यक्षको रुपमा स्थानीय तह केन्द्रीय निर्वाचन प्रचार प्रसार समितिमा मनोनयन भएका हुन्।नेपालमा राजनीतिक दलहरूका लागि नैतिक विषय कमजोर बनिरहँदा यस्ता मनोनयनले थप गलत सन्देश दिएको छ।

देउवाको अध्यक्षतामा चैत १५ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले कांग्रेस प्रवक्ता प्रकाशशरण महतको संयोजनकत्वमा स्थानीय निर्वाचन प्रचार प्रसार समिति गठन गरेको थियो।

सोही समितिलाई विस्तार गर्दै सभापति देउवाले चैत २८ गते ६७ जना सदस्य मनोनित गरेका हुन्। जसमा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीसमेत रहेका छन्।

निगमको कार्यकारी निर्देशकमा योग्य व्यक्तिलाई पन्छाएर देउवाले थानीलाई नियुक्त गरेका थिए । राज्य कोषबाट लार्खौं तलब खुवाउँदै उनै थानीलाई फेरि कांग्रेसको निर्वाचन प्रचार प्रसार समितिमा राखेका हुन्।

थानीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा देउवाले निगम कार्यकारी निर्देशकमा नियुक्ति गरेका हुन्। मनोनयनमा परेको सदस्यहरूमध्ये ४६ जना कांंग्रेस केन्द्रीय सदस्य रहेका छन्।

बाँकी २१ जना भने कांग्रेसको भातृसंगठन तथा शुभेच्छुक संस्थाका प्रमुखहरूलाई स्थानीय तह केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा पदेन सदस्यमा नियुक्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस