Latest News

प्रकाशमानले ‘पार्टी छाडे हुन्छ’ भनेपछि चन्द्र भण्डाीले दिए कडा जवाफ

Nepalese Times April 2, 2022 (11 Month ago)    1129 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको निर्णय नमान्नेहरु पार्टी छाडेर गए हुन्छ भनेर दिएको अभिव्यक्तिप्रति कांग्रेसका केही नेताहरुले चर्को आलोचना गरिरहेका छन् ।

केही नेताहरुले पार्टीका निर्णय नमान्ने र आफूखुसी काम गरिरहेको भन्दै सिंहले काठमाडौंमा भएको एक कार्यक्रममा पार्टीको निर्णय नमान्ने हो भने पार्टी छाडेर गए हुने बताएका थिए ।

आज नयाँबानेश्वरमा आयोजित एक कार्यक्रममा उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै निर्णय नमान्नेहरुलाई पार्टी छाड्न भनेका हुन् । चुनावमा गठबन्धन गर्ने निर्णयप्रति असन्तुष्ट नेता–कार्यकर्ताहरुलाई लक्षित गर्दै उनले सो धारणा राखेका हुन् ।

अरु दलसँग गठवन्धन गर्दा भारतमा कांग्रेसआई जस्तै नेपालमा पनि नेपाली कांग्रेस सखाप हुने भन्दै गठवन्धन गर्न नहुने आजाव चर्को रुपमा उठिरहेको बेला कांग्रेसले केन्द्रीय समिति बैठकबाट गठवन्धन गर्ने निर्णय गरेपछि सो पार्टीका धेरै नेता कार्यकर्ता निराश भएका छन् ।

उनीहरुले असन्तुष्टि जनाएको बेला प्रकाशमानको अभिव्यक्तिले फरक विचारमा नेता कार्यकर्तामा आक्रोस बढेको छ । कांग्रेसकै एक नेता चन्द्र भण्डारीले प्रकाशमानको अभिव्यक्तिलाई लिएर नेपालमा कुन विचार, संस्कार र दम्भको विकास भइरहेको छ ? भनी प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘नेपालको संबिधानले आफ्ना विचार राख्ने अधिकार दिएको छ । तर फरक मत राख्नेहरुलाई देश निकाला गर्ने ब्यवस्था हाम्रो संबिधानमा छैन् । त्यसरी नै प्रजातान्त्रिक पार्टिभित्र फरक मतको उच्च सम्मान हुन्छ त्यसैले त दार्शनिक भोल्टेजले भनेका छन, म तिम्रो विचारदेखि असहमत छु, तर तिम्रो विचारको संरक्षणको लागि रगत बगाउँछु ।’ तर आज नेपालमा कुन विचार, संस्कार र दम्भको विकास भइरहेको छ । फरक मत राख्नेलाई पार्टी छाड्ने उर्दी जारी गरिएको छ ?’

कतिपय कांग्रेसका कार्यकर्ताले गठवन्धन गर्न नहुने नेता कार्यकर्ताले पार्टी छोड्ने नभई पार्टीको सिद्धान्त नमान्ने नेताले पार्टी छोड्नुपर्ने भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस