Latest News

नेपाल र भारतबीच यी ४ सम्झौतामा हस्ताक्षर

Nepalese Times April 2, 2022 (2 Year ago)    480 Views

काठमाडौ । नेपाल र भारतबीच चार वटा सम्झौतामा हस्ताक्षर भएको छ। शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई विभिन्न ४ वटा सम्झौतामा हस्ताक्षर भएको हो ।

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच शनिवार नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति, नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदान–प्रदानबारे सम्झौता भएको हो । हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरी दुई देशबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

भारतीय प्रधानमन्त्रीको कार्यालय नयाँ दिल्लीस्थित हैदरवाद हाउसमा दुई समकक्षीबीच भेटवार्ता तथा सम्झौता भएको हो ।  लगत्तै आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै देउवाले सीमा समस्याबारे छलफल भएको र आफूले यसलाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको जानकारी गराए ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत सोलु करिडोर प्रसारण लाइन आयोजना उद्घाटन गरेका छन् । भारतको तीन अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना उद्घाटन गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।

यसअघि दुई देशका प्रधानमन्त्रीले नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका थिए । भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन गरेका हुन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका छन् । दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन गरेका हुन् ।

कम्पनीले रेल खरिद गरेको करिब दुई वर्षपछि रेल सेवा औपचारिकरुपमा उद्घाटन भएको छ । जयनगरमा प्रोजक्टरमा दिल्लीमा हुने उद्घाटन कार्यक्रम प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस