Latest News

भरतपुर महानगरको मेयरमा कांग्रेस नेता रिजालको दाबी, रेनु दाहाललाई तनाव

Nepalese Times April 2, 2022 (1 Year ago)    1063 Views

काठमाडौं । भरतपुर महानगरको मेयरमा नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष एवं नेपाली कांग्रेसका युवा नेता निलकण्ठ रिजालले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।

‘शिक्षा, स्वास्थ र पर्यटनमा मुलुककै केन्द्र बनाउने हाम्रो रहर, कृषिमा आत्मनिर्भर, प्राविधिक मैत्री हाम्रो भरतपुर महानगर’ भन्ने नारासहित उनले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

कांग्रेसको प्रमुख भातृ संस्था नेविसंघको केन्द्रीय राजनीतिमा लामो समय काम गरेर एक इमानदार र कुशल संगठनकर्ताको छवी बनाएका रिजाल विगत केहि वर्षदेखि जिल्ला केन्द्रित राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

जिल्ला केन्द्रित राजनीतिसँगै भरतपुरको मेयरमा दाबी गरेपछि रिजालको नाम अहिले चितवन कांग्रेसभित्र चर्चामा रहेको छ । युवा नेता रिजाल लामो समय नेविसंघको केन्द्रीय सदस्य, सहमहामन्त्री, उपाध्यक्षमा जस्ता महत्वपूर्ण पदमा बसेर काम गरिसकेको छन् ।

कांग्रेस केन्द्रीय समितिको अधिकांश नेताहरू रिजालको पक्षमा रहेकाले मेयरको टिकट रिजालले पाउन सक्ने जिल्ला नेताहरुको बुझाइ रहेको छ । भरतपुरको मेयरमा दाबी गरेसँगै उनी सम्भावित युवा उम्मेद्वारको रुपमा देखिएका छन् ।

बारम्बार राजनीतिमा अवसर पाउँदै गर्दा युवा सधैँ बहिस्कृत हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ । युवा नेता रिजाल लामो समय नेविसंघको केन्द्रीय सदस्य, सहमहामन्त्री हुँदै उपाध्यक्षसम्म बनेका हुन् । नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समिति अधिकांस नेविसंघको राजनीतिबाटै उदाएका छन्।

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसबाट राजनीतिमा अगाडि बढेका रिजाल पछिल्लो समय चितवन कांग्रेसका सबै गतिविधिमा सरिक हुँदै आएका छन् ।

भरतपुरमै जन्मेर, भरतपुरकै माटोमा हुर्के बढेको हुनाले भरतपुरवासीको वास्तविक समस्या आफूले लामो समय अगाडिदेखि नै देखेको, बुझेको र प्रत्यक्ष अनुभव गर्ने अवसर पाएकाले महानगरवासीको मन जित्न सक्ने उनको दावी छ ।

देशको मध्य भागमा रहेको भरतपुरलाई देशकै नमुना शहर बनाउने आफूसँग स्पष्ट दृष्टिकोण र कार्ययोजना समेत रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस