Latest News

बिरामीको ज्यान गएपछि कैलालीको अत्तरियामा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार (अपडेटसहित)

Nepalese Times April 2, 2022 (2 Year ago)    808 Views

कैलाली, १९ चैत । कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको ज्यान गएसँगै तनाव अवस्था सिर्जना भएको छ ।

आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रग्याससमेत प्रहार गरेको छ ।

अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ । थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

आक्रोशित तोडफोडमा उत्रिएपछि भीडलाई तितरवितर गर्न अश्रुग्यास प्रयोग गर्नुरेको र अहिले स्थिति प्रहरीको नियन्त्रणमै रहेको उनले बताए ।अस्पतालमा गएराति उपचारार्थ भर्ना भएका गोदावरी नगरपालिका–३ का ३७ वर्षीय विनोदकुमार बोहराको उपचारका क्रममा बिहान मृत्यु भएपछि बिरामीका आफन्त आक्रोशित भएका थिए ।

यसैबीच, विराटनगरस्थित नाेवेल अस्पतालमा कार्यरत चिकित्सक विजय यादव शनिबार बिहान मृत अवस्थामा फेला परेका छन्। सप्तरीकाे राजविराज घर भएका र तीन वर्षयता नोवेलको अर्थोपेडिक विभागमा कार्यरत मेडिकल अफिसर यादव बिहान मृत भेटिएका हुन्।

अस्पतालनजिक डेरा बसेको घरको कम्पाउण्डभित्र बिहान ७ बजेतिर उनी मृत फेला परेको प्रहरीले जनाएको छ। शव अहिले घटनास्थलमै छ।सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका अन्दाजी २७ वर्षीय डा. यादव विगत ४ वर्षदेखि विराटनगर–४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलाको कोठा भाडामा लिएर डेरा बस्दै आएको प्रहरीले जनाएको छ।

घो’प्टो परेको र नाक तथा मुखबाट र’ग’त ब’गिर’हेको अवस्थामा डेरा बसेको कोठाबाट मुनिको भुइँमा उनको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ। अहिले प्रहरी परिचालन गरेर घटनाका बारेमा अनुसन्धान थालिएको छ।

प्रहरीका अनुसार डा. यादवको मृत्युको कारण खुल्न सकिरहेको छैन। यद्यपि घटनास्थलको प्रकृति हेर्दा हा’म’फा’ले’र उनले देहत्याग गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। डा. यादव नोबेलको हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत मेडिकल अफिसर हुन्। उनी ४ वर्षअघिदेखि नोबेलमा कार्यरत थिए ।

घटना कसरी भयो भनेर यकिन हुन सकिरहेको छैन। अनुसन्धानका लागि घटनास्थलमा प्रहरी टोली खटिएको छ । आफन्तले भने घटना शं’का’स्पद रहेकाले ग’म्भीर ढंगले अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस