Latest News

स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनको संयन्त्र गठन, क–कसले पाए जिम्मेवारी ?

Nepalese Times April 2, 2022 (1 Year ago)    633 Views

काठमाडौं । रुपन्देहीमा पनि चुनावी तालमेल आवश्यक रहेको ठहर गर्दै सत्ता गठबन्धनमा आबद्ध पाँच दलले जिल्लास्तरीय संयन्त्र गठन गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरूको बैठकले जिल्लास्तरीय संयन्त्र गठन गरेको हो ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको संयोजकत्वमा गठन भएको संयन्त्रमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नारायण जिसी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम सदस्य रहेका छन् ।

समितिले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको वस्तुस्थितिको प्रतिवेदन तयार गरी केन्द्रलाई सुझाव पठाउनेछ । जिल्लामा आवश्यक रणनीति तय गर्ने नेपाली काङ्ग्रेस रुपन्देहीका अध्यक्ष रामकृष्ण खाँणले बताए । संयन्त्रले आ आफ्नो पार्टीको स्थानीय तहमा वस्तुस्थिति तयार गरी चैत २२ गते थप छलफल गर्ने छ ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, कांग्रेस रुपन्देहीका सभापति खाँण, उपसभापति थानेश्वर घिमिरे, सुशील गुरुङ्ग, माओवादी केन्द्रका जिल्ला इन्चार्ज हकिकुल्ला खाँ, जनता समाजवादीका अध्यक्ष रामअवतार यादव र केन्दीय सदस्य देवेन्द्र पाण्डे सहभागी थिए ।

यस्तै एकीकृत समाजवादीका इन्चार्ज सिद्धीचरण भट्टराई, माओवादी केन्द्रका सोनीया यादव, माओवादीकै केन्द्रीय सदस्य महसुद अली, जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेत्र आचार्य पनि थिए । उनीहरुले संविधानको रक्षा, कार्यान्वयन र प्रतिगमनलाई परास्त गर्न गठबन्धनलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस