Latest News

आज २०७८ साल चैत्र १९ गते शनिवारको राशिफल हेर्नुहोस्

Nepalese Times April 2, 2022 (2 Year ago)    768 Views

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, तर सहयोगी र नातागोताको साथ मिल्नेछ । वैदेशिक काम पनि बन्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । वैदेशिक कमहरू आगाडि बढ्नेछन्, तर व्यापारबाट भने सोचेजस्तो लाभ नमिल्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज राजनैतिक क्षेत्रका व्यक्तिले सफलता र प्रशंसा पाउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ कार्यको योजना या थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । सहयोगीहरूको राम्रो साथ पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सम्मान प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समाज र राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नो प्रयासबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ठीक समयमा सही निर्णय लिन सकिनेछ । स्व अध्ययन अध्यापनमा सफलता मिल्नेछ । टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलालको सहयोगमा हाम्रोपात्रो डटकमबाट

प्रतिक्रिया दिनुहोस