Latest News

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीः ग्यासको मूल्य २७३ रुपैयाँ महंगियो (मूल्यसूचीसहित)

Nepalese Times April 1, 2022 (1 Year ago)    1802 Views

काठमाडौं । भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ ।

आज प्राप्त मूल्यसूचीअनुसार आगामी १५ दिनमा ५ अर्ब २१ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था रहेको नेपाल आयल निगमले जनाएको छ ।

नयाँ मूल्यसूचीअनुसार एलपी ग्यासमा मात्रै प्रति सिलिन्डर २७३ रुपैयाँ ३८ पैसा मूल्य बढेको निगमले सार्वजनिक गरेको सूचनामा भनिएको छ ।

निगमका अनुसानर प्रति सिलिण्डर ग्यासमा निगमलाई ९ सय ५३ रुपैयाँ ६६ पैसा घाटा छ । यस्तै, मट्टितेलको मूल्य २२ रुपैयाँ १८ पैसा बढेर आएको छ भने डिजेलको मूल्य स्थिर छ । पेट्रोलको मूल्य भने १ रुपैयाँ ४८ पैसा घटेको छ ।

नयाँ मूल्य सूचीका आधारमा निगमलाई प्रति महिना करिब १० अर्ब रुपैयाँ नोक्सानी हुने देखिएको छ । २०७८र७९ मा मात्रै निगमले ३२ अर्ब रुपैयाँ नोक्सानी व्यहोरिसकेको छ ।

आगामी दिनमा आपूर्ति व्यवस्था सहज बनाइराख्न अत्यन्त कठिन हुने देखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निगमले यसअघि २ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

यसैबीच,  व्यवसायीहरुले भोलि पेट्रोलियम पदार्थको बिक्रि बितरण बन्द गर्ने भएका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि अ’त्यावश्यक पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारेको छ ।

इन्धन ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा घटबढ हुनेगरी स्वचालित प्रणाली कायम गर्नुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायत माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका उनीहरुले शुक्रबार डिपोबाट इन्धन लोड–अनलोड नै बन्द गरे ।

जसले गर्दा पम्पहरुबाट हुने इन्धनको बिक्री वितरणमा असर परेको छ । उनीहरुले भोलिबाट बिक्री नै ठप्प पार्ने चेतावनी दिएका छन् । सरकारले तत्काल आफूहरूको माग पूरा नगरे भोलिदेखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए।

सरकारले गत वर्षदेखि पेट्रोल र डिजेल बिक्री गर्ने पम्पले प्रतिशतका आधारमा कमिसन पाउने व्यवस्था गरेको थियो। पेट्रोल, डिजेलको मूल्य बढ्दा व्यवसायीको कमिसन पनि बढ्थ्यो, मूल्य घट्दा कमिसन पनि घट्थ्यो।

निगम सञ्चालक समितिको फागुन १९ गते बसेको बैठकले व्यवसयीले नयाँ मूल्यअनुसारको अतिरिक्त कमिसन नदिने निर्णय गरेको हो। व्यवसायीले डिलर कमिसन फागुन ७ कै मूल्यका आधारमा दिँदै आएको छ।

सरकारले लागू गरेको व्यवस्थाअनुसार आफूहरूले पाउँदै आएको सुविधा जुनसुकै हालतमा पाउन पर्ने उनले बताए। पेट्रोलियम पदार्थको मूल्य घट्दा घटाउने, बढ्दा बढाउने हो भने निगम घाटामा नजाने उनको तर्क छ।

अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धनको ‘लोडिङ’ नै बन्द हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिकीमा पर्छ । व्यवसायीले एकतर्फी रुपमा इन्धनको बिक्री वितरण अवरोध गरेको भन्दै नेपाल आयल निगमले जायज माग सम्बोधन गरिदिने बताएको छ । ‘जायज माग सम्बोधन गर्नका लागि केही समय माग गरेका थियौं ।

प्रतिक्रिया दिनुहोस