Latest News

प्रधानमन्त्री देउवा र भातीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, के–के भयो कुराकानी ?

Nepalese Times April 1, 2022 (2 Year ago)    705 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीचको भेटवार्ता सकिएको छ । ३ दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको हो ।

नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा देउवालाई जयशंकरले भेटेका हुन् । भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो ।

जयसँकरसँगको भेटवार्तालगत्तै देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी भाजपाको केन्द्रीय कार्यालयमा पुग्ने छन् । त्यसपछि उनी नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।

नयाँदिल्ली र उत्तर प्रदेशको बनारसमा हुँदा प्रधानमन्त्री देउवा विभिन्न बैठक र कार्यक्रममा सहभागी हुनेछन् तर उनले भारतका विपक्षी नेतालाई भेट्ने छैनन्।

४० सदस्यीय टोलीको नेतृत्व गर्दै गएका प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवालाई उनकै समकक्षीले स्वागत गर्नुपर्ने ठाउँमा राज्यमन्त्रीले स्वागत गरेको भन्दै नेपालमा भने चर्को आलोचना भइरहेको छ ।

समाजिक संजाल प्रयोगकर्ताहरुले भारतले नेपालका प्रधानमन्त्री देउवालाई खासै ठूलो महत्व नदिएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । यसअघि भारतका प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदा नेपालका प्रधानमन्त्रीले तामझामसहित स्वागत गर्ने गरेका थिए ।

चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका छन् ।

दिउँसो साढे १ बजे काठमाडौंबाट नेपाल वायु सेवा निगमको जहाजमार्फत गएका देउवा ४ बजे नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस