Latest News

पार्टीको निर्णय सबैले मान्नुपर्छ, नमान्नेहरु पार्टी छाडेर गए हुन्छ : प्रकाशमान सिंह

Nepalese Times April 1, 2022 (2 Year ago)    1321 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको निर्णय सबैले मान्नुपर्ने र पार्टीको निर्णय नमान्ने हो भने पार्टी छाडेर जाँदा हुने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं १ ले नयाँ बानेश्वरमा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उनले पार्टीले गरेकाे निर्णय सबैले मान्नुपर्ने नत्बर पार्टी छाडेर जान चेतावनी दिएका हुन् ।

कांग्रेसभित्र बसेर कांग्रेस कमजोर बनाउनेहरु पार्टीमा बस्नुभन्दा बाहिरिदा पार्टीलाई राम्रो हुने भन्दै उनले यस्तो बताएका हुन् । यसपटकको चुनावमा कांग्रेसका नेता कार्यकर्ता कस्ले के गरेकाे छ सबैकाे एक\एक हिसाब हुने बताए ।

गठबन्धन जनताले दिएकाे म्यान्डेट नभएपनि परिस्थितिले सृजना गरेकाे र मुलुककाे आवस्यकता भएको भन्दै उनले संविधान जाेगाउनका लागि गठबन्धन कायमै राखेर चुनावमा जानू पर्ने बाधात्मक अवस्था रहेकाले चुनावसम्मै गठबन्धन कायमै रहने बताए ।

स्थानीय आवश्यकताका आधारमा गठबन्धन गरेर निर्वाचनमा जाने भन्दै उनले पार्टीभित्रका केहि आफुलाई क्रान्तिकारी भन्ने नेताहरुले सबै जान्दाजान्दै गठकन्धनविरुद्ध बोल्नुले अनावश्यक भ्रम छर्ने काम मात्रै भएकाे बताए ।

पपुलर बन्ने नाममा पार्टीलाई क्षति पुराउने काम मात्रै भएको भन्दै उनले पार्टीभित्र एकथरी समुह नियाेजित रुपमा आफ्नो स्वार्थ पूरा नभएपछि व्यक्तिगत  रुपमा चरित्र हत्याकाे अभियान मा लागिरहेकाे बताए ।

उक्त समूह सामाजिक संजाल र मिडियामार्फत भ्रमकाे खेतिमा लागिरहेकाेसमेत उनले बताए । कम्युनिष्टहरु भर्पर्दाे र बिस्वास गर्न लायक पार्टी नभएकाे भन्दै उनले मुलुकमा भ्रम छरेर जनलाइ पटक-पटक अल्मलाउने काम मात्रै भएको बताए ।

उनीहरुले अवसर पाउँदा के गरे यसका बारे जनतालाई बुझाउनसमेत कार्यकर्तालाई निर्देशन दिए । भरपर्दो र विश्वसनिय भएको पार्टी कांग्रेस बाहेक अरु हैन भन्ने पटक-पटकका घटनाक्रमले पुष्टि गरिसकेकाे समेत उनले बताए ।

कांग्रेस सबैलाई समन्वय गर्ने सक्ने संकटमा निकास दिन सक्ने पार्टी भएकाे कुरा भर्खरैको एमसीसी पास गराउनेदेखि संविधान जारी गर्दाकाे मात्रै कुरा गरे पनि पुष्टि हुने उनले बताए ।

स्थानीय कमिटिले बिधिसम्वत उमेदवारी सिफारिस गर्न नसकेर केन्द्र पठाएर केन्द्रीय नेताहरुलाई गालि गर्ने परम्परा यसपटक अन्त्य हुनुपर्ने बताउनु भयकाेछ । पाटि बिधान ले दियकाे अधिकार स्थानीय कमिटीले अक्षरश पाल्ना गर्न सके उमेदवारि छनाेट मा कसैकाे हस्तक्षेप नहुने उनले बताए ।

अब जनताको कर बैंकमा फिक्स डिपोजिट गर्ने र कमिसनमा रमाउने उमेदवार छान्ने कि ब्यवस्थित शहर बनाउने जनप्रतिनिधि छान्ने भन्ने निर्णय लिने समय आएकोसमेत उनले बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतले यसपटक देशभर कांग्रेसकाे लहर आएकाे भन्दै सबैले मेहनत गर्ने बेला आएको बताए । त्यस्तै काठमाडौ जिल्ला सभापति सबुझ बानियाँले भ्रमकाे पछि नलागेर घर घरमा पुगेर कांग्रेस का पक्षमा मत माग्न आग्रह गरे ।

कार्यक्रममा कांग्रेस नेता तथा बरिष्ठ अधिबक्ता राधेश्याम अधिकारी ले एमसीसीका बिषयमा आएका भ्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर १५० भन्दा धेरै व्यक्ति कांग्रेस प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस