Latest News

स्थानीय चुनावबारे ओली र राप्रपा महामन्त्रीबीच छलफल, के–के भयो कुराकानी ?

Nepalese Times April 1, 2022 (1 Year ago)    1989 Views

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्मशेर राणाबीच भेटवार्ता भएको छ । नेपालगञ्जको स्नेहा होटलमा बिहीबार राति दुई नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो ।

स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेट अर्थपूर्ण छ । महामन्त्री डा.राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर समेत हुन् ।

अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा पनि प्रारम्भिक छलफल भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने कुरा भएको छ ।’

यस्तै नेपाली कांग्रेसका नेता लक्ष्मण घिमिरेले आफूहरुले पार्टीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनजस्तो सभापति खोजेको बताएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जत्तिको लोकप्रिय नेता अहिले कुनै पनि दलमा नभएको भन्दै उनले आफूहरुलाई पनि यस्तै सभापति चाहिएको बताए । समाजिक संजालमा स्टाटस लेख्दै उनले व्यक्तिगत रुपमा राजेन्द्र लिङ्देन जत्तिको लोकप्रिय नेता कोही नभएको बताएका हुन्।

कांग्रेस, कम्युनिष्ट र अन्य दलका नेताहरुले चित्त नदुखाउन भन्दै उनले अहिले व्यक्तिगत रुपमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जत्ति जनमानसमा पपुलर नेता अरु कोही नभएको बताए । उनले लेखेका छन्, ‘आफूले त यस्तो सभापति कांग्रेसभित्र खोजेको हो ‘ तर के गर्नु !’

घिमिरेले यस्तफ स्टाटस समाजिक संजालमा पोष्ट गरेसँगै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि उनलाई धन्यवाद दिएका छन् । उनले राप्रपाको नेतृत्वप्रति व्यक्त भएकाे धारणाका लागि आभार प्रकट गर्दै जिम्मेवारीपूर्वक निरन्तर अघि बढ्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस