Latest News

आज काठमाडौंसहित यी ठाउँमा चट्याङ्गसहित पानी पर्ने, तराईको मौसम कस्तो ?

Nepalese Times April 1, 2022 (2 Year ago)    968 Views

काठमाडौं । हाल देशमा भारतको विहार आसपासमा रहेको न्युन चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

प्रदेश १, माधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अबको २४ घण्टामा प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागको केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

साथै तराई भूभागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाका मौसमविद्ले आग्रह गरेका छन् ।

आज दिउँसो प्रदेश १, माधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने

शुक्रबार राती प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १,बाग्मती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार राती प्रदेश १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही मधेस प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू(भागमा आशिंक बदली रही देशका अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आईतबार दिउँसो प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

आईतबार राती प्रदेश १ र बागमती प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिक्रिया दिनुहोस