Latest News

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमण तालिका, मोदीसँग कहिले भेट्दै ?

Nepalese Times March 31, 2022 (1 Year ago)    695 Views

काठमाडौं । शुक्रबारदेखि हुने प्रधानमन्त्री शेरबहादुर देउवाको ३ दिने भारत भ्रमण कार्यतालिका सार्वजनिक भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा शुक्रबारदेखि तीन दिने भारत भ्रमणमा जान लागेका हुन् ।

भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री देउवाको भारत भ्रमणको एक दिन अघि विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो।

कार्यतालिका अनुसार प्रधानमन्त्री देउवा शुक्रबार भारतीय समय अनुसार दिउँसो २बजेर ५० मिनेटमा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् ।

यस्तै दिउँसो साढे ४ बने भारतीय विदेशमन्त्री डा. एस जयशंकरले दिल्लीस्थित होटल मौर्यमा शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ । यस्तै शनिबार बिहान १०ः४० बजे प्रधानमन्त्री देउवाले राजघाट पुगेर महात्मा गान्धीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यतालिका सार्वजनिक भएको छ ।

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहान ११ बजेर १० मिनेटमा बजे हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

मध्यान्ह १२ः बजेर १५ मिनेटमा नेपाल र भारतबीच सम्झौतापत्रहरूमा हस्ताक्षर हुनेछ भने देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अपरान्ह साढे ४ बजे बजे प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति नायडुसँग मौलाना आजाद रोडस्थित उपराष्ट्रपति निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

आइतबार बिहान ९ बजे वाराणसी पुग्ने र त्यहाँ आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवा अपरान्ह ४ः०० बजे वाराणसीबाट नयाँ दिल्ली फर्कनेछन् । अपरान्ह ४ः१५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रमसहितको कार्यतालिका सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस