Latest News

मोटरसाईकल ठोक्कियो, २ जनाले ज्यान गुमाए

Nepalese Times March 31, 2022 (2 Year ago)    650 Views

काठमाडौं । पर्सामा दुई वटा मोटरसाइकल ठोक्किंदा दुई जनाको ज्यान गएको छ । अरु ३ जना घाइते भएका छन् ।

पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी सडकखण्डमा बिहीबार ना ३ प १०२६ र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल एठोक्किंदा दुवै जना मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको हो ।

ज्यान गुमाउनेमा ना ३ प १०२६ नम्बरको मोटरसाइकल चालक धोबिनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल चालक सखुवाप्रसौनी गाउँपालिका–५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी रहेका छन् ।

ना ३ प १०२६ नम्बरको मोटरसाइकलमा सवार धोबिनी गाउँपालिका–२ का २० वर्षीय रोजदिन मियाँ, प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकलमा सवार सखुवाप्रसौनीका १९ वर्षीय सुपेन राउत र रंजित महतोको उपचार चलिरहेको छ ।

सुपेन र राउतको वीरगञ्जको पानीटंकीस्थित न्यूरो अस्पतालमा र रोजदिनको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले बताएका छन् ।

यस्तै काठमाौंको मैतिदेवीस्थित धोबोखोला करिडोर सडकखण्डको छेउमा रहेको फोहोरको डंगुरमा भर्खरै जन्मिएको जस्तो देखिने साल नालसहितको नवजात शिशुको शव फेला परेको छ।

महानगरीय प्रहरी बृत्त, मालीगाऊँबाट खटिएको प्रहरी अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीद्वारा शवलाई त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त, मालीगाऊँबाट थप अनुसन्धान भईरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस