Latest News

फोहोरको थुप्रोमा कसले फाल्यो नवजात शिशुको शव ?

Nepalese Times March 31, 2022 (2 Year ago)    444 Views

काठमाडौं । काठमाौंको मैतिदेवीस्थित धोबोखोला करिडोर सडकखण्डको छेउमा रहेको फोहोरको डंगुरमा भर्खरै जन्मिएको जस्तो देखिने साल नालसहितको नवजात शिशुको शव फेला परेको छ।

महानगरीय प्रहरी बृत्त, मालीगाऊँबाट खटिएको प्रहरी अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीद्वारा शवलाई त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त, मालीगाऊँबाट थप अनुसन्धान भईरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए ।

बिहीबार बिहान १०ः५५ बजेको समयमा फोहोर फाल्ने ठाउँमा बच्चा रहेको जानकारी आएपछि प्रहरी खटिएको थियो । अ’वैध रूपमा ग’र्भधारण गरेकी महिलाले ज’न्माएर शिशुलाई त्यहाँ फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस