Latest News

आफ्नो न्वारनको नामका कारण ट्रोल बनेकी करिश्माले फर्काइन् यस्तो जवाफ

Nepalese Times March 31, 2022 (2 Year ago)    576 Views

काठमाडौं । केही दिनअघि आफूले बोलेको एउटा अभिव्यक्तिले नायिका करिश्मा मानन्त्रर ट्रोलको सिकार बनिन् । नेकपा एमालेको कार्यक्रममा बोल्दै अभिनेत्री मानन्धले आफ्नो न्वानरको नाम सुर्जेकुमारी भएको बताएकी थिईन्।

गत साता आफू प्रवेश गरेको दल एमालेको सान्दर्भिकता र महत्व पुष्टि गर्न करिश्माले भनेकी थिइन्, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है। सूर्यले सोलार सिस्टमलाई धानेको छ। सूर्यले नेपाललाई धान्नेछ। लालसलाम।’

एमाले प्रवेश लगत्तै अध्यक्ष केपी शर्मा ओलीसँग देश दौडाहामा निस्किएकी करिष्माले सोमबार कपिलवस्तुमा गरेको एउटा सम्बोधनमा आफूलाई एमालेको विचार सिद्धान्त राम्रो लागेको मात्र होइन आफ्नो न्वारनको नाम नै सूर्यकुमारी भएकाले आफू जन्मजात एमाले रहेको उनको जिकिर गरेकी थिइन् ।

उनको यो अभिव्यक्तिको सबैतिर चर्चा भयो। धेरैले उनको यो भनाइको मजाक समेत उडाए। केही समय त नेपाली ट्रोलहरु पनि करिश्मामय नै भए ।

आज सामाजिक सञ्जाल फेसबुकमा करिश्माले आफूविरुद्ध गरिएका व्यङ्ग्यबारे लेखेकी छन्, ‘सूर्यकुमारी मेरो न्वारनको नाम थाहा पाउँदा धेरैलाई पोल्यो। भिटामिन डी प्राप्त भयो। राम्रो हो।’

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा सुरू गरेकी अभिनेत्री मानन्धर पछिल्लो समय निष्क्रिय रहेकी थिइन्। उनी केही समयको ग्यापपछि पुनस् राजनीतिक यात्रा सुरू नेकपा एमालेबाट सुरू गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस