Latest News

चुनावको मुखमै यी ४ जिल्लाका सीडीओको सरुवा, को कहाँ पुगे ?

Nepalese Times March 31, 2022 (2 Year ago)    684 Views

काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका सीडीओको सरुवा गरेको छ । मन्त्रालयले बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओहरुको सरुवा गरेको हो ।

गृहमन्त्रालय स्रोतका अनुसार बर्दियामा बन्धुप्रसाद बास्तोला, प्यूठानमा सुनिता नेपाल, अर्घाखाँचीमा शशिधर घिमिरे र कपिलवस्तुमा धर्मेन्द्र कुमार मिश्रलाई सीडीओ बनाएर पठाइएको छ ।

यसअघि बर्दियामा सीडीओ रहेका सन्तबहादुर सुनारलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा तानिएको छ । कपिलवस्तुका सीडीओ चक्रपाणि पाण्डे र प्यूठानका सीडीओ खिमराज भुसाललाई गृह मन्त्रालयमा तथा अर्घाखाँचीका सीडीओ हरि प्रसाद घिमिरेलाई राष्ट्रिय विपद प्राधिकरणमा तानिएको छ ।

यस्तै प्रहरीका ३६ जना डीएसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले ३६ जना नायब निरीक्षकको नियमित सरुवा गरेको हो ।

मानव स्रोत तथा प्रशासन विभागले सोमबार गरेको डीएसपी सरुवामा केही इलाका प्रहरी कार्यालयका प्रमुख तथा केही जिल्लाका डीएसपीको पनि सरूवा भएको छ। उपत्यकाका दुई वृत्त प्रमुख फेरिएका छन् । त्यस्तै प्रहरीका ६ एसपीको पनि काज सरूवा भएको छ।

प्रतिक्रिया दिनुहोस