Latest News

कांग्रेसको निर्वाचन परिचालन समितिले पायो पूर्णता, गगन थापासहित को–को परे ? (सूचीसहित)

Nepalese Times March 30, 2022 (1 Year ago)    794 Views

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको निर्वाचन परिचालन समितिले पूर्णता पाएको छ ।

मंगलबार सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले समिति गठनको निर्णय गरेको थियो । खड्काको संयोजकत्वमा गठन भएको समितिमा ५५ जना सदस्य रहेका छन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरेर नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार पार्टीका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मा अरु सदस्यहरु मनोनयन गरेका हुन् ।

देउवाले महामन्त्री गगन थापासहित ५५ जनालाई समितिमा मनोनयन गरेका छन् । मनोनित हुने सदस्यहरुमा थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय, भिष्मराज आङ्दाम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार रहेका छन् ।

यस्तै शशांक कोइराला, अर्जुननरसिंह केसी, प्रकाशशरण महत, शेखर कोइराला, बालकृष्णन खाँड, पद्मनारायण चौधरी, एनपी साउँद, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारीलगायत नेताहरु रहेका छन् ।

======

प्रतिक्रिया दिनुहोस