Latest News

एमालेका नेता चढेको जिप खोलामा खस्यो, एक नेताको ज्यान गयो

Nepalese Times March 30, 2022 (2 Year ago)    712 Views

काठमाडौं । बागलुङको निसीखोलामा पिकअप भ्यान खोलामा खस्दा एक जनाको ज्यान गएको छ । निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका–२ थारुखोलामा खसेको हो ।

दुर्घटनामा परी ढोरपाटन–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । उनी नेकपा एमाले ढोरपाटन नगरकमिटीका अध्यक्ष थिए।

रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ वर्षीया सुरेश थापाको अहिले उपचार भइरहेको छ । पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेकोप्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।

यस्तै देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ८ जनाको ज्यान गएको छ । काठमाडौंमा दुई, कास्की, बागलुङ, तनहुँ, मकवानपुर, काभ्रेपलाञ्चोक र बारामा भएका सवारी दुर्घटनामा ८ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा टिपरले ठक्कर दिँदा दुई दिदीबहिनीको ज्यान गएको छ । बिहान बुवा रोहन तामाङसँग मोटरसाइकलमा विद्यालय जाँदै गरेका ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको टिपरको ठक्करबाट ज्यान गएको हो ।

बा ४ ख ६९६५ नम्बरको बालुवा बोकेको टिपरले बा ८ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। रोहनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको छ।

यस्तै कास्कीको पोखरा महानगरपालिका ८ स्थित सभागृह चोकमा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार १ जनाको ज्यान गएको छ । स्कुटर चालक पोखरा महानगरपालिका १८ कि १८ वर्षीया अन्जना पाइजाको ज्यान गएको हो ।

त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका १० मीनाम खानीमा हिजो साँझ बोलेरो जिप पल्टिदा १ जनाको ज्यान गएको छ । जीपमा सवार तनहुँकै बन्दिपुर गाउँपालिका ४ का २५ वर्षीय सुरेश घर्तीको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस