Latest News

स्थानीय तहको उम्मेदवार हुन यी १९ शर्त पूरा गर्नुपर्ने (पूर्णपाठसहित)

Nepalese Times March 30, 2022 (2 Year ago)    465 Views

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनेका लागि १९ वटा शर्त पूरा गर्नुपर्ने नियम बनाएको छ।

बुधबार बसेको आयोगको बैठकले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो ।

निर्देशिकामा निर्वाचन अधिकृतसम्बन्धी व्यवस्था, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा कर्मचारी सम्बन्धी व्यवस्था, निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुको काम, कर्तव्य र अधिकार, उम्मेदवारको योग्यता तथा मनोनयन, मतदाता नामावली, मतदान र मतगणना सम्बन्धी व्यवस्था लगायत निर्वाचनको प्रभावकारी व्यवस्थापनको निम्ति आवश्यक विषयहरु समावेश गरिएका छन् ।

आयोगले नेपालको संविधान तथा निर्वाचन सम्बन्धी प्रचलित कानूनी व्यवस्था समेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानून बमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको हो ।

आफूले गरेको स्वघोषणा प्रति उम्मेदवार स्वयं जिम्मेवार हुनुपर्ने छ । मनोनयन पत्रका साथ पेश गर्नुपर्ने स्वघोषणा पत्रमा यी १९ बुँदा समेटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस