Latest News

पल शाहको मुद्दामा उच्च अदालत पोखराले दियो यस्तो आदेश

Nepalese Times March 30, 2022 (2 Year ago)    534 Views

काठमाडौं । उच्च अदालत पोखराले नाबालिगलाई बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त पल शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।

बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन आदेश दिएको हो ।

मुलुकी फौजदारी कार्यावधि संहिता, २०७४ को दफा ७३ बमोजिम शाहले साधारण तारेखमै रिहा हुन पाउनुपर्ने माग गर्दै मंगलबार उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका थिए । उक्त निवेदन बुधबार नियमित पेसी सूचीमार्फत न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा परेको थियो ।

उच्च अदालत पोखराले थुनछेक बहस प्रयोजनका लागि अभियुक्तलाई थुनामै पठाउनुपर्ने कारण, त्यसका आधार र त्यस सम्बन्धमा रहेका कागजातहरूको प्रमाणित प्रतिलिपि सहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएका हुन् ।

उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यका अनुसार तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको कागजात प्राप्त भएपछि सुनुवाइका लागि पेसी तोकिनेछ ।

प्रतिक्रिया दिनुहोस