Latest News

चितवन भरतपुरका कांग्रेसीले यो वर्ष पनि माओवादीलाई भोट हाल्नुपर्ने भएको हो ?

Nepalese Times March 30, 2022 (2 Year ago)    511 Views

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् ।

चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिएका हुन् ।

उनले भने, “महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौँ”, उनले भने, “कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ ।”

भरतपुर महानगरमा आफूहरुको दाबी रहेको जनाउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्नेमा अघि बढेको बताए । सबै राजनैतिक दलहरु आ–आफ्नो तवरले निर्वाचनको तयारीमा लागेको जनाउँदै उनले निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको बताए ।

यस्तै नेपाली कांग्रेसले स्थानीय आवश्यकता र आवस्था हेरेर गठबन्धन गर्ने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रकाशशरण महतले आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने नीतिगत निर्णय भएको जानकारी गराएका हुन् ।

पछिल्लो गतिविधिले देशभर नेपाली कांग्रेसले जित्ने अवस्था देखिएको र त्यसलाई अझै मजबुतन बनाउनका लागि सत्तारुढ गठबन्धनमा रहेका दलहरुसँग आवश्यकताको आधारमा तालमेल गर्ने निर्णय भएको उनले बताए ।

नेपाली कांग्रेसले क्रियाशिल सदस्यता वितरण गर्ने निर्णय गरेको भोलिपल्ट नै प्रचण्डले यस्तो दाबी गरेका हुन् । यस्तै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएकी छिन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताइन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी नेत्री कोइरालाले गठबन्धनका कारण दुई पटक विघटन गरिएको संसद् पुनःस्थापना र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएकाले हामीहरु स्वार्थी हुनुहुँदैन भन्दै पार्टीको केन्द्रीय कार्य समितिको निर्णय सबै नेता तथा कार्यकर्ताले अनुशरण गरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।

नेत्री कोइरालाले पार्टीलाई पुनः सत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै गठबन्धन सरकारबाट नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रुपान्तरण हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस